arrow

सीमा नाकामा उत्पन्न अवरोधप्रति बेलायतको गम्भीर चासो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2082720273.jpeg
काठमाडौँ । बेलायतले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई हालै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोन गरेर आफ्नो मुलुकको चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकारले पुनर्निर्माणको प्रक्रियालाई आवश्यक नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिनुभएको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ । 
 
उपप्रधानमन्त्री थापा र राज्यमन्त्री स्वायरबीच द्विपक्षीय चासो र हितका विषयमा सकारात्मक एवम् रचनात्मक विचारविमर्श भएको जानकारी दिँदै उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा शिशिर यामको आगमनसँगै सीमा नाकामा उत्पन्न अवरोध शीघ्र समाधान नभएमा अर्को मानवीय सङ्कट पर्ने चिन्ता बेलायतले व्यक्त गरेको उल्लेख छ । 
 
नेपाल र नेपालीजनताप्रतिको बेलायतको मैत्री र समर्थन निरन्तर रहने बताउँदै राज्यमन्त्री स्वायरले नेपालको राजनीतिक समस्या नेपालले नै समाधान गर्नेमा बेलायत स्पष्ट रहेको उपप्रधानमन्त्री थापालाई अवगत गराउनुभएको थियो । “नेपाली नागरिकका आवश्यकता पूरा गर्ने सहमतिको विन्दुमा पुग्न शान्तिपूर्ण वार्ता र सहमतिलाई जारी राख्नेमा बेलायत आशावादी रहेको” आशय राज्यमन्त्री स्वायरले व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ