arrow

रगत सङ्कलन र आपूर्तिमा समस्या छैन–रेडक्रस

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
257718590.gif
काठमाडौँ  । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाले हाल नेपालमा रगत सङ्कलन र आपूर्तिमा कुनै समस्या नभएको जनाएको छ ।  केन्द्रले दैनिक २०० युनिट रगत सङ्कलन गरिरहेको र त्यति नै मात्रामा बिरामीलाई रगतको आपूर्ति गरिरहेको छ । 

ललितपुर, भक्तपुरसहित देशका विभिन्न ६७ जिल्लामा रहेका १०० रक्त सङ्कलन केन्द्रबाट रगत सङ्कलन गर्दै आएको छ । यता सरकारीस्तरबाट त्रिवि शिक्षण अस्पताल तथा वीर अस्पतालबाट भने आफ्नातर्फबाट छुट्टै रगतको सङ्कलन हुन्छ ।  केन्द्रका सिनियर मेडिकल अधिकृत डा प्रकाश यादवले भने, “भारतले नेपाललाई गरेको नाकाबन्दीका कारण रगत सङ्कलन र रगत सङ्कलनका लागि आवश्यक सामग्रीको आपूर्तिमा कुनै समस्या आएको छैन । व्यक्तिगतरुपमा माग भई आएका बिरामीलाई रक्त आपूर्ति सेवा दिनमा हालसम्म कुनै समस्या परेको छैन ।” 

रगतलाई केन्द्रले मुख्यतया पोजिटिभ र नेगेटिभ समूहमा बाँडेर समूह ‘ए’, ‘बी’ र ‘ओ’ तथा नेगेटिभ ग्रुपमा रगत सङ्कलन गरी भण्डार गर्ने गरिन्छ । नेगेटिभ समूहका रगत दुर्लभ हुने भएकाले सङ्कटको बेला अथवा सामान्य अवस्था जुनै बेला पनि नेगेटिभ रक्तदाता बोलाएर रगत सङ्कलन गरी बिरामीलाई रगत उपलब्ध गराउने गर्दै आएको उनले जानकारी दिए ।  केन्द्रीय रक्त सञ्चार सेवाको विभिन्न ७५ जिल्लामा एक हजार ३०० उपशाखामार्फत जनतालाई सेवा प्रदान गर्दै आएको छ । 

रक्त सञ्चार कार्यालय बालकुमारीमा सर्ने 
अधिकृत डा यादवले भूकम्पबाट केन्द्रीय रक्त सञ्चार सेवा रहेको भवन क्षतिग्रस्त भएकाले थाई रेडक्रसको सहयोगमा भृकुटीमण्डपमा रहेको भवन भत्काई पुनःनिर्माण गर्ने जानकारी दिए ।  सो संस्थाले भवन निमार्णका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने र यही मङ्सिरको मसान्तभित्र केन्द्रीय रक्त सञ्चार सेवा ललितपुरको बालकुमारीमा सर्ने भएकाले बिरामी र आफन्तलाई यसबारे जानकारी प्रदान गरी दिन हुन सञ्चारकर्मीलाई आग्रह पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ