arrow

अत्यावश्यकिय औषधि अभाव

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
136834477.jpeg
रुपन्देही । भारतीय नाकाबन्दी र तराई–मधेस आनदोलनका कारण औषधिको आयात ठप्प भएपछि रुपन्देहीलगायत यस क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यकिय औषधिको चरम अभाव सिर्जना भएको छ । बन्दले जिल्लामा ‘लाइफ सेभिङ इन्जेक्सन’को पूर्णरुपमा अभाव रहेको अस्पताल र औषधि व्यवसायी सङ्घले जनाएको छ । 
 
त्यसमध्ये मुटुसम्बन्धी, आइसियु तथा इमर्जेन्सीका लागि प्रयोग हुने एट्रोपिन, टोपामिन, विजेक्सिन, धेरापालिन, लोराजिपामलगायतका २० भन्दा बढी प्रकारका औषधि सकिइसकेका छन् । त्यस्तै एनएस स्लाइन जस्ता औषधिसमेत जिल्लामा छैनन । 
 
बजारमा अत्यावश्यक औषधिका साथै मनोरोगीका लागि प्रयोग हुने औषधिको पनि अभाव छ । जुन भारतबाट मात्रै नेपालमा आउने गरेको थियो । नेपालमा आवश्यक पर्ने औषधिमध्ये ६० प्रतिशत औषधि भारतबाट आउने गरेको छ । नेपाली बजारमा औषधिको अभाव भएपछि सिमावर्ती जिल्लाका अधिकांश बिरामी भारतीय बजारमा गएर औषधि किन्न बाध्य भएका छन् । 
 
औषधिको अभाव भएपछि कतिपय बिरामीले अस्पतालमा चिकित्सकको प्रेस्किप्सन लिएर भारतीय बजारमा गएर औषधि किन्नुपरेको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले अझै डेढ महिनाका लागि आफुहरुसँग अत्यावश्यक औषधि रहेको र छिट्टै आपूर्ति नभए गाह्रो पर्ने जनाएको छ । जिल्लामा जम्मा ७५ वटा सरकारी स्वास्थ्य संस्था रहेकोमा केहीमा अत्यावश्यक औषधिको अभाव हुन सुरु गरेको रुपन्देहीका जिल्ला जनस्वास्थ्य प्रमुख ऋषिप्रसाद लामिछानेले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ