arrow

नीतिगत विषयमा विश्वस्तरीय प्रतिस्पर्धा गर्न ५ विद्यार्थी जर्मनी जाँदै

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
world-dewat-pro-particppp.jpg.jpeg
काठमाडौं । विश्वभरीका विद्यालयस्तरका विद्यार्थीहरू सहभागी हुन पाउने ‘वर्ड स्कूल डिवेट च्याम्पियनसिपमा सहभागी हुनको लागि पाँच युवाहरूको सम्पूर्ण तयारी पूरा भएको छ । 
 
७५ वर्ष पहिलेदेखि विभिन्न समसामयिक तथा नीतिगत विषयमा बहस गर्ने कार्यक्रमकालागि यो वर्ष पहिलोपटक संस्थागत रूपमा यसरी विद्यार्थीहरू विदेश लैजान लागिएको डिवेट नेटवर्क नेपालले जनाएको छ । 
 
देशभरीका कूल ६० विद्यार्थीहरूबाट राष्ट्रव्यापी अन्तरक्रिया तथा बहसको कार्यक्रम सञ्चालन गरेर १५ जना छनोट गरिएकामा ती १५ जनाबाट पनि उत्कृष्ठ ५ जना छनोट गरिएको थियो । यसरी छनोट भएका ५ जना विद्यार्थीले १९ जुलाईबाट १० दिनसम्म जर्मनीमा हुने विश्वव्यापी बहस कार्यक्रममा सहभागिता जनाउने बताइएको छ ।
 
यसरी कार्यक्रममा उपस्थित हुनकोलागि नेपालबाट छनोट हुनेमा आकाश पन्त, अलौकिक नाथ पन्त, आभाष व्यञ्जनकार, अजय गौचन, र सिम्रन थापा छनोटमा परेको छनोटमा परेका आकाश पन्तले जानकारी दिए । 
 
उनका अनुसार नेपालमा २०१० बाट नेपालीले सहभागिता जनाउन थालेको भएपनि यस भन्दा अगाडी उपस्थिती जनाउने विद्यार्थीहरूले आफ्नै सुरमा जाने गरेको भएपनि यो वर्षदेखि संस्थागत रूपमा कार्यक्रममा सहभागिता जनाउन लागिएको जानकारी दिए । 
 
उक्त डिवेट कार्यक्रममा विशेषगरी संसदीय विषय र नीति निर्माणको विषयमा बहस गर्नुपर्ने हुन्छ । यस बाहेक पनि अन्य समसामयिक विषयले पनि स्थान पाउने पनि पन्तले जानकारी दिए ।
 
नेपालभरबाट बहस प्रतियोगितामा सहभागिता जनाएकाहरूलाई नेपालकै सबैभन्दा ठूलो बहस प्रतियोगिताबाट छनोट गर्दै उत्कृष्ट १५ को र त्यसपछि उत्कृष्ट ५ को छनोट गरिएको थियो । 
 
उनीहरूलाई बिहीबारसम्म ललितपुरको रातो बंगाला स्कूलमा बहस तालिम दिएर आइतबार जर्मनी पठाउन लागिएको छ । जर्मनी जानको लागि सम्पूर्ण तयारी पूरा भईसकेको पनि पन्तले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ