arrow

बीस वर्षपछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता, खुशीयालीमा तालिबानको फायरिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १५ मंगलबार
us military jet afghanistan.PNG

काठमाडौं । अमेरिकी सेना २० वर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । सोमबार राति काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेको थियो । योसँगै २० वर्षदेखिको अमेरिकी मिसन सकिएको छ । 

तालिबानले अफगानिस्तानमा सत्ताकब्जा गरेपछि अमेरिकालाई ३१ अगष्टसम्म अफगानिस्तान छाड्न समय दिएको थियो । सो समय अगाडि नै अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो । 

अमेरिकाले तालिबानबाट पाएको समायसीमा भित्रै उद्दारको मिसन पूरा गरेको बताएको छ । योसँगै अमेरिका र अफगानिस्तानबीचको २० वर्षदेखिको युद्ध पनि सकिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सैनिकहरुलाई धन्यबाद दिएका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अफगानिस्तानबारे बोल्दै उनले डरलाग्दो परिस्थितिमा पनि अमेरिकी सेनाले साहस र उदारता देखाएको भन्दै प्रशंसा गरे ।

जब अमेरिकाका अन्तिम चार सैन्य विमान सी–१७ ले काबुल एयरपोर्टबाट उडान भरे तब तालिबानीहरुले खुशीयाली मनाएका छन् । उनीहरुले फायरिङ गर्दैै खुशीयाली मनाएका हुन् । 

खुशीयाली मनाउने क्रममा काबुल विमानस्थल वरिपरिका मानिसहरु भने आत्तिएका थिए । तर पछि उनीहरुले थाहा पाए कि यो गोलीबारी त खुशीको हो । 

तालिबानका प्रवक्ता अमानुल्ला वासिकले ट्वीटरमा लेखेका छन्, ‘काबुलका मानिसहरु नडराउनुस्, यी गोलीहरु हावामा गइरहेका छन् । मुजाहिद्धिन स्वतन्त्रताको खुशी मनाइरहेका छन् ।’

तालिबान समर्थकहरुले लेखेका छन्, ‘अमेरिका गयो, युद्ध सकियो ।’

तानिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले त्यहाँबाट १ लाख २० हजार अमेरिकी नागरिक, सहयोगी र अफगानी नागरिक लगायत अन्य सहयोगीहरुलाई उद्धार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ