arrow

अधिकार हननका घटनामा अनिवार्य मुद्दा चलाउन प्रस्ताव

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
rights.JPG.jpeg
काठमाडौं । जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय मञ्चमा नेपालमा दण्डहीनता बढेको भन्दै चिन्ता उठिरहेका बेला मानवअधिकार हननका घटनामा अनिवार्य रुपले मुद्दा चलाउन सरकारी मुद्दासम्बन्धी ऐन मै संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले सरकारमा लिखित प्रस्ताव गरेको छ ।
 
राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन गरी दण्डहीनता अन्त्य गर्ने प्रयोजनका लागि कानुन संशोधन प्रस्ताव गरिएको हो । 
 
ऐनमा संशोधन भएपछि मानवअधिकार उल्लंघनका घटनामा दोषीलाई कानुनको दायरामा ल्याउन मार्ग प्रशस्त हुनेछ ।
 
आयोगले मानवअधिकार उल्लंघनमा कारवाहीका लागि गरेका दुई सयभन्दा बढी सिफारिस अझै कार्यान्वयन हुन सकेका छैनन् । महान्यायाधिवक्ता हरि फुँयालले नायव महान्यायाधिवक्तासँग छलफल गरी बुधबारै मन्त्रिपरिषदसमक्ष पेस गर्न कानुन मन्त्रालयमा प्रस्ताव पठाएका हुन् । (अन्नपूर्ण पोस्ट् दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ