arrow

टर्कीले रुसी विमानको सन्देश अमेरिकालाई दिएको थियो पुटिन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
22201549.jpeg
एजेन्सी । टर्कीले सिरियामा खसालेको विमान रुसको थियो भन्ने थाह नभएको दावीलाई रुसले खारेज गरिदिएको छ । टर्कीले आफुलाई उक्त विमान रुसको थियो भन्ने थाह नभएको जिकिरु गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो विमान सजिलैसंग चिनिने र जेट लडाकू जिमानको समन्वयको सन्देश टर्कीको सहयोगि अमेरिकालाई दिइएको बताएका छन् ।
 
टर्कीश राष्ट्रपतिले भने रुसी विमान हो भन्ने थाह पाएको भए अर्कैै चेतावनी दिइने थियो भनेका छन् । पुटिनले फ्रेन्च राष्ट्रपतिसंगको मस्को बैठक र इस्लामिक स्टेटविरुद्धको युद्धमा सहयोग गर्ने संकल्प पछि यस्तो बताएका हुन् । टर्कीश सैन्य अधिकारीहरुका अनुसार एफ्–१६ लडाकु विमानले २४ नम्बरको टर्कीको हवाई क्षेत्रको उल्लंघन गरेपछि रुसी विमान एसयू–२४ लाई सिरिया सीमा नजिकै खसालिएको थियो ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ