arrow

दोलखाको दुई गाविसमा वाइफाइ फ्री

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
wifi-free.jpg.jpeg
दोलखा। दोलखाका दुई गाविसमा निशुल्क इन्टरनेट सञ्चालन हुने भएको छ। यस क्रममा क्षेत्र न्मवर २ को सुनखानी र १को काव्रे गाविसमा इन्टरनेट चलाउन मिल्ने गरि वाइफाई फ्री गर्ने तयारी भएको छ। फ्रि वाइफाइका लागि नेपाल टेलिकम र सम्बन्धित गाविस बीच सम्झौता सम्पन्न भएको छ। यसका लागि साउनको पहिलो सातावाट काम सुरु गरिने भएको छ।
 
फ्रि वाइफाइ बनाउन जिल्ला विकास समिति दोलखामा स्थानीय विकास अधिकारी विष्णु शर्मा, नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्याल, सुनखानी गाविसका सचिव भरत पौडेल र काव्रे गाविसका सचिव नारायण दहाल वीच सम्झौता भएको हो। 
 
साउन पहिलो सातावाट दोलखाको सुनखानी गाविसको वडा न २ मा रहेको गाविस भवन आसपासवाट सरु हुने छ भने काव्रेमा मैनापोखरी वजारवाट सुरु हुने छ। आर्थिक वर्ष २०७३/०७४ भित्र गाविसका पुरै वडामा वाइफाइ फ्री हुने छ।
 
गत फागुनमा सम्पन्न जिल्ला विकास समिति दोलखाको २२ औ जिल्ला परिषदले जिल्लालाई फ्रि वाइफाइ बनाउने घोषणा गरेपछि पहिलो चरणमा यि गाविसबाट काम थालनी हुन लागेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ