- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल र बंगलादेश बीचको फुटबल खेल बिहीबार साँझ दशरथ रंगशालामा हुँदैछ । दुवै देशका राष्ट्रिय महिला फुटबल टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल साँझ ५ बजेदेखि शुरु हुँदैछ ।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो । छनोट खेल उज्वेकिस्तानमा आयोजना हुनेछ।
छनोटमा नेपाल समूह एफ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपाल र बंगलादेश बीचको दोस्रो खेल आइतबार हुनेछ ।
घरेलु मैदानमै रेकर्ड
बंगलादेशविरुद्ध मैदान उत्रँदा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा डेब्यु गर्नेछ । नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन ।
सिनियर राष्ट्रिय टोलीले अहिलेसम्म दशरथ रंगशालामा खेलेको छैन ।
एकमात्र अन्तर्राष्ट्रिय मैदानमा नेपाली टिमले डेब्यु गर्नु आफैमा महत्वपूर्ण र असहज लाग्ने परिस्थिति हो ।
प्रायः दशरथ रंगशाला बाहेकका मैदानमा नेपाली टिमले खेल्दै आएको छ ।
यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षककोसमेत डेब्यु हुनेछ ।
नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्दैछ ।