arrow

आमिर खानविरुद्ध अदालतमा मुद्दा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1099398397.jpeg
एजेन्सी । बलिउड अभिनेता आमिर खानको भारत असहिष्णु भन्ने टिप्पणीविरुद्ध इन्दौरको जिल्ला अदालतमा प्रतिवाद दर्ता भएको छ । अदालतले प्रतिवाद बुझ्दै सो को सुनुवाई मंसिर १७ (डिसेम्बर ३) मा तोकेको छ । 
 
अधिवक्ता आशोक सोनी र अभिषेक भार्गवले विहिबार अतिरिक्त सत्र न्यायाधीश जितेन्द्र कुशवाहको इजलाशमा प्रतिवाद दर्ता गरेका हुन् । उक्त प्रतिवादमा आमिर खान देशका युवा वर्गका मोडल हुन् र बुद्धिजीवि समेत उनलाई पछ्याउँछन्, तर उनले देशको निर्वाचित सरकार विरुद्ध जो टिप्पणी गरेका छन् त्यो देशको माहोल विगार्ने खालको छ–भनिएको छ ।
 
अधिवक्ताद्वयले भनेका छन्,–‘निर्वाचित सरकारविरुद्ध यस्तो अभिव्यक्ति दिनु राष्ट्रको अपमान हो, जसले घृणाको माहोल बन्यो, उनी अपराधिक श्रेणीमा आउँछन् ।’ केही दिन अघि आमिरले देशमा बढीरहेको असहिष्णुताको सवाल उठाउँदै आफ्नी पत्नी किरणले एक पटक देश छोड्ने मुद्दामाथि चर्चा गरेको बताएका थिए । जसले देशभर हंगामा भएको छ । जस पश्चात कोही आमिरलाई समर्थन गरिरहेका छन् भने कसैले चर्को विरोध जनाएका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ