arrow

नेपालमा वार्षिक चार सय पर्यटक हराउँछन्

logo
प्रकाशित २०७३ साउन २ आइतबार
tourists.jpg.png
काठमाडौं । नेपाल आउने कुन पर्यटकमध्ये बर्सेनि औसतः ४ सय पर्यटक हराउने या मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
 
प्राकृतिक विपत्ति तथा पर्वतारोहणमा सबैभन्दा बढी यस प्रकारका दुर्घटना हुने गरेका छन्। 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा निधन या बेपत्ता भएका पर्यटकको संख्या ४ सय २२ जना रहेको छ ।
 
सन् २०१५ मा  विनाशकारी भूकम्प र सरगरमाथामा भएको दुर्घटनामा परी करिब २ सयजना विदेशीको निधन भएको थियो ।
 
त्यसबाहेक पर्वतारोहण, पदयात्रा र हवाई तथा सडक दुर्घटनाका क्रममा पनि निधान तथा बेपत्ता हुने गर्छन् ।
आफ्नो सामान बिकाउन पछि लाग्ने खुद्रा व्यापारीमात्र होइन, गोरो छाला देखेपछि पैसा नदिएसम्म खुट्टा नछाड्ने माग्नेबाट भोग्नु परेको पीडा नेपाल आएका धेरै पर्यटकले अनुभव गर्दछन्। (नयाँ पत्रिका दैनिक) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ