arrow

जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
693813691.png
रामपुर  । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा झडेवाका ६४ वर्षीया रम्भादेवी गाहा, गोठादी– ३ बस्ने ७२ वर्षीय टुकबहादुर लुम्ले र रहवास– ६ का खड्गबहादुर सुहान रहेका छन् भने दुई बच्चासहित २२ जना घाइते यात्रुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल, तानसेन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक प्रविन आचार्यले जानकारी दिनुभयो । 
 
तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगिरमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ