arrow

बहुमतीय सरकार बन्दै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1977808750.jpeg

काठमाडौं । व्यवस्थापिका संसद्ले शुक्रबार (आज) बाट बहुमतीय प्रक्रियाबाट सरकार गठन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । राष्ट्रपति डा. रामबरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरेको मिति विहिबारै गुज्रिएपछि अब बहुमतीय पक्रियामा सरकार गठन गर्नु पर्ने भएको हो ।

राष्ट्रपति डा. यादवले बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न औपचारिक पत्र पठाएपछि संसद्ले प्रक्रिया अघि बढाउने छ । उम्मेदवारी मनोनयन सहितको प्रक्रिया अघि बढाउने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिले पठाएको पत्र संसद बैठकमा पढेर सुनाएपछि सभामुखले प्रधानमन्त्री निर्वाचनको मिति घोषणा गरी संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने छन् ।

शनिबार उम्मेदवारी मनोनयन, नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा गर्ने गरी निर्वाचन कार्यक्रमको तयारी भइरहेको समेत संसद् सचिवालयले जानकारी दिएको छ ।

५ सय ९८ सदस्य बहाल सदनबाट प्रधानमन्त्री पदमा निर्वा्चित हुन कम्तीमा २ सय ९९ मत आवश्यक पर्ने छ । संसदमा रहेका प्रमुख तीन दलबीच सहमति नभए कांग्रेस, एमाले र एकीकृत माओवादीमध्ये कुनै दुई दलको गठबन्धनले राप्रपा नेपाल, राप्रपासहित साना दलको समर्थन जुटाउनुप पर्ने हुन्छ ।

दलहरुबीच भएको १६ बुँदे सहमति अनुरुप एमालेले सरकारको नेतृत्व गर्ने भएकाले सरकार गठनमा सघाउन एमालले दलहरुलाई आग्रह गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ