arrow

फिलिपिन्समा आइएसका आठ लडाकू मारिए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1800922690.png
मनिला । फिलिपिन्समा सैनिकसँग भएको भिडन्तमा परी इस्लामिक स्टेट, आइएसका कम्तीमा पनि आठजना लडाकूको ज्यान गएको समाचारमा जनाइएको छ । बिहीबार साँझ दक्षिणी फिलिपिन्समा सैनिकसँग सो भिडन्त भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो भिडन्तमा परी अरु केही घाइते पनि भएका छन् । दक्षिणी फिलिपिन्सको एक दुर्गम क्षेत्र पालिमबाङमा बिहीबार साँझ एक घन्टाभन्दा लामो समयसम्म सैनिक र ती लडाकूबीच व्यापक मात्रामा भिडन्त भएको थियो । सो क्षेत्र फिलिपिन्सका अल्पसङ्ख्यक मुस्लिमहरुको बाहुल्यता रहेको क्षेत्र हो । उक्त क्षेत्रमा सेनामाथि ती लडाकूले हमला गरेका बताइएको छ । 
 
सो भिडन्तमा परी आइएसका लडाकू मारिएको समाचारमा जनाइएको छ । सो क्षेत्रमा हालैका दिनमा एक नयाँ बिद्रोही समूहको घोषणा गरिएको थियो । अन्सर अल खालिफा नामको सो समूहको हालै घोषणा गरी उक्त समूहले आइएससँग आफ्नो सम्बन्धको घोषणा गरेको थियो । क्षेत्रीय सैनिकका एक प्रवक्ताले उक्त समूहको स्थापना सोही क्षेत्रमा गतवर्षमात्र गरिएको थियो र पछिल्लो केही महिनायता उसले आइएससँग सहकार्य र समर्थन रहेको जानकारी एक भिडियोमार्फत गराएको बताएका छन् । 
 
उक्त क्षेत्रमा बिहीबार साँझ भएको भिडन्तमा परी आठजनाको ज्यान गएको समाचारको फिलिपिन्सको सेनाले पुष्टि गरेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ