arrow

माइक्रोसफ्टको लक्ष्य पूरा नहुने संकेत

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
Windows10-1030x368.png.png
एजेन्सी। विन्डोज अपरेटिङ सिस्टम निर्माता कम्पनी माइक्रोसफ्टले आफ्नो पछिल्लो उत्पादन विन्डोज १० को व्यापारिक लक्ष्य अनुसारको नतिजा हासिल हुने सम्भावना निकै कमजोर रहेको बताएको छ। कम्पनीले सन् २०१८ सम्मको आफ्नो उक्त उत्पादन एक अर्ब डिभाइसहरुमा प्रयोग हुने लक्ष्य राखेको थियो। माइक्रोसफ्ट कम्पनीले पछिल्लो समय कमजोर रेहेको स्मार्टफोनको विस्तारको कारण आफ्नो उत्पादनको व्यापारिक लक्ष्य पूरा हुने सम्भावना कमजोर रहेको बताएको हो।
 
विन्डोज सफ्टवेयर निर्माता कमपनीको लागि आफ्नो बलियो व्यापारिक नतिजा हासिल गर्नकोलागि विश्व बजारमा प्रचलित रहेका एन्ड्रोइड प्रणालीका स्मार्टफोनहरुमा विन्डोजको सफ्टवेयर प्रयोग हुनेको संख्या निकै कमजोर रहेको कारण माइक्रोसफ्टको लक्ष्य अनुसारको व्यापारिक नतिजा हासिल हुने सम्भावना क्षीण देखिएको हो। पहिलोपटक स्मार्टफोनको लागि ल्याइएको सफ्टवेयरले स्मार्टफोनमा नै कमजोर व्यापारिक नतिजा हासिल गरेको र अन्य डिभाइसहरुमा पनि आशा गरिए अनुसारको व्यापार हुन नसकेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। 
 
अहिले माइक्रोसफ्ट कम्पनीको उक्त उत्पादन ३५ करोड डिभाइसहरुमा प्रयोग भइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। सन् २०१५ को जुलाई महिनामा सार्वजनिक भएको विन्डोज १० को प्रयोग डेस्कटप, ल्यापटप, ट्याबलेट, स्मार्टफोनलगायतका डिभाइसहरुमा प्रयोग भइरहेको छ। पछिल्लो समय व्यापारिक नतिजा कमजोर रहेको देखिएसँगै विन्डोज १० को लागि ल्याइएको लक्ष्यमा माइक्रोसफ्टले आफ्नो लक्ष्य पूरा नहुने संकेत गरेको हो। प्रविधिको विकासलाई ध्यानमा राखेर अघिल्लो वर्ष सफ्टवेयर बजारमा ल्याइएको दावी गरेको कम्पनीले आफ्नो लक्ष्य पूरा हुने बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ