arrow

नाकाबन्दीले मुलुक तहसनहस–उपसभापति पौडेल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1125335163.jpeg
दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले १० वर्षे द्वन्द्व, गत वैशाखको विनाशकारी भूकम्प र अहिले भारतले गरेको नाकाबन्दीले मुलुकलाई तहसनहस बनाएको भन्दै यसको छिटो अन्त्य हुनुपर्ने बताउनुभएको छ । तनहुँको साभुङ भगवतीपुर–६ ध्यानुङस्थित कामधेनु माविको नवनिर्मित चारकोठे भवनको आज उद्घाटन गर्दै उहाँले मुलुकको विद्यमान सङ्कट समाधानका लागि विपक्षमा रहेर पनि काँग्रेसले उलेख्खनीय भूमिका खेल्ने बताउनुभयो । 
 
कृषि, पर्यटन र जलस्रोतको विकास हुनसके मात्रै मुलुक माथि उठ्ने उपसभापति पौडेलको धारणा थियो । उहाँले उक्त भवन निर्माणपछि ग्रामीण क्षेत्रका बासिन्दालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने बताउँदै अबको शिक्षा वैज्ञानिक र सीपमूलक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसदहरू धु्रव वाग्ले, रामचन्द्र पोख्रेल र झुलबहादुर आले, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठलगायतकाले विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो । 
 
रु तीस लाख १७ हजार ३६१ को लागतमा सो चारकोठे भवन निर्माण गरिएको हो । सो अवसरमा विद्यालय भवन निर्माणका लागि रु १५ लाख ६५ हजार ३०९ उपलब्ध गराउने नाम्लो युरोपा स्पेनका कार्यकारी अध्यक्ष नेग्डा किङलाई सम्मानसमेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ