- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परिवर्तन भएको छ । थानेश्वर गौतमको स्थानमा सहसचिव जयनारायण आचार्य आउने बताइएको छ ।
आचार्य नेपाल-चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोलीको संयोजक भएर काम गरेका थिए ।
गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रजिअ परिवर्तन गर्नेक्रममा कास्कीको पनि गरेको बताइन्छ । कास्कीका प्रजिअ गौतमलाई कहाँ सरुवा गरिएको हो भन्ने खुलाइएको छैन । मन्त्रालयले सरुवा सूची पनि गोप्य राखेको ।
स्रोतका अनुसार कास्की सहित गण्डकीका चार जिल्लाका प्रजिअ परिवर्तन भएका छन् । लमजुङमा शिशिर वैद्य, मनाङमा रविन्द्र आचार्य र म्याग्दीमा चीरञ्जिवी रानालाई पठाइएको बताइएको छ ।
यस्तै, रसुवाको प्रजिअमा नवराज जैसी, मुगुमा रोमबहादुर महत, भोजपुरमा कमल ढकाल, महोत्तरीमा बासु दाहाल, डोटीमा शंकर बहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी र तेह्रथुम अनुज घिमिरेलाई पठाएको बताइन्छ ।