arrow

जाँदा जाँदै : नेपाली क्रिकेटलाई पुबुदुको अभाव खड्कीरहने छ’–उनको आसय र आगामी सम्भावना ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
273197404.jpeg
काठमाडौं । नेपाली क्रिकेटलाई उच्च सफलता दिलाउने नायक पुबुदु दासानायके नेपाल बसाई सक्काएर शनिबार स्वदेश फर्कदै छन् । श्रीलंकाली मूलका क्यानेडेली प्रशिक्षक पुबुदुको लामो इतिहाससंग नेपाल बसाई समेत महत्वपूर्ण रुपमा जोडिएको छ । हिजो श्रीलंकाबाट टेष्ट क्रिकेट खेल्दा होस् या क्यानाडामा प्रशिक्षण सम्हाल्दा । उनलाई त्यो भन्दा उत्कृष्ठ र विशेष लाग्छ नेपाल बसाई र नेपाली टिम ।
 
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षण सम्हाले देखि दासानायकेले नेपालका हरेक पाखा पखेरा र कुना कन्दरालाई मात्र नेपाली क्रिकेटको नाम चिनाएनन् । विश्व जगतलाई समेत नेपाली क्रिकेटको जग जाहेर गराए । जाँदा जाँदै उनी फेरि नेपाल बस्न चाहेर पनि जानै पर्ने बाध्यताप्रति खल्लो महशुस गर्दै छन् । उनको पछिल्लो करार अवधि डिसेम्बर सम्म भएपनि चाँडै नेपाललाई बाई बाई भन्दै छन् । 
 
नेपालमा करिब चार वर्ष प्रशिक्षण सम्हालेका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति मात्र गरेनन् । सन् २०११ सेप्टेम्बरमा नेपाल आएका  दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट डिभिजन एकको सफलता चुम्यो ।  दासानायकेकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा समेत गर्जिने अवसर पायो । प्रतियोगितामा गर्विलो प्रदर्शन गर्दै नेपाली खेल इतिहासमा पहिलो सफलता प्राप्त भयो । तर, नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा नभएकामा दासानायके खल्लो मानिरहेका छन् । 
नेपाललाई एक दिवसीय वरियता दिलाउन नसकेकामा मन गह्रंगो बनाउँछन् उनी । उनले सम्झिरहेका छन् कि जुनबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ थिएनन् र प्रतियोगितामा अपेक्षाकृत खेल पस्कन सकेनन् । न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले महत्वपूर्ण अवसर गुमायो ।  
 
नेपाल क्रिकेटसंघ क्यान भित्रकै आन्तरिक राजनीतिक खिचातानी र विवादले करार सकिएर एक पटक वहिर्गमन हुन लागेका दासानायकेको पछिल्लो करार अवधि डिसेम्बरसम्म छ । क्यान भित्रको आन्तरिक विवाद र खेलाडीलाई गरेको कारबाही लगाएतका विषयले चिडाएका उनले केही समयअघि राजीनामा दिइसकेका थिए । कप्तान पारस खड्कालाई क्यानले अनुशासनको कारबाही गरेपछी चिसो महसुस गरेका उनले नेपाली टोलीलाई राजनीतिक दाउपेचमा राख्न नहुने मत जाहेर गरेका थिए । जाँदा जाँदै पारसले समेत पुबुदुलाई सम्झेर आफ्नो फेसबुक पेजमा ‘तपाईको विरासत सधै नेपाली क्रिकेटको विजयका लागि महत्वपूर्ण हिस्ला हुनेछ’ भनेका छन् । 
 
क्यानाडा बसाई सम्झिँदा 
सन् २००० मा पुबुदु फर्स्ट क्लास क्रिकेटबाट रिटायर्ड भए । त्यसपछि आफूले पढेको स्कुलमै जुनियर क्रिकेट टिमको प्रशिक्षकका रुपमा काम सुरु गरे । तर, त्यति सन्तुष्ट भएनन् । 
सन् २००१ मा परिवारसहित श्रीलंका छाडेर क्यानाडातिर हानिए उनी । चार वर्षसम्म क्यानाडामा गुमनाम भए । घरेलु क्रिकेट खेलहरुमा सहभागी भएको अनुभव छ उनीसंग । त्यसपछि क्यानाडा क्रिकेट बोर्डको सम्पर्कमा पुगे । सारा पृष्ठभूमि थाहा पाएपछि बोर्डले पुबुदुलाई राष्ट्रिय टोलीबाट खेल्न अनुनय गरेको थियो । उनले बोर्डको विनम्रताको कदर गरे । सन् २००५ र २००६ बाट क्यानाडाको राष्ट्रिय टोलीबाटै खेल्न थाले ।
 
राष्ट्रिय टोलीबाट रिटायर्ड भएपछि सन् २००७ मा क्यानाडाको बोर्डले राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने प्रस्ताव ल्यायो । प्रशिक्षणमा पहिलेदेखि नै रुची थियो उनको । २००७ देखि २०११ सम्म लगातार चार वर्ष उनले क्यानेडेली राष्ट्रिय टोली प्रशिक्षकको रुपमा काम गरे ।
क्यानाडामा प्रशिक्षण सम्हाल्दा उनलाई टोलीमा खेल जति पनि आनन्द आएन । पूर्णकालिन क्रिकेट खेलाडी पाउनै मुस्किल हुने क्यानाडामा  स्थानीय युवाहरु क्रिकेटप्रति आकर्षित भइसकेका थिएनन् । त्यस बखत त्यहाँ बरु हक्की, बेसबल, बास्केटबललगायतका खेलहरु बढी लोकप्रिय थिए । राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुमा समेत क्रिकेटप्रति खासै वास्ता गर्दैन थिए । सिकाएका कुरा समेत चाँडै सिक्ने जाँगर नै थिएन । सेवा–सुविधा राम्रो भए पनि खेलाडीहरुमा क्रिकेटप्रति लगाव पाएनन् उनले । क्यानाडाको निशासाले उनलाई प्रशिक्षणको रुचि कम हुँदै गइसकेको थियो । 
 
नेपालमा पाइला टेक्दा 
सन् २०११ सेप्टेम्बर २९ मा नेपालमा पाइला टेके पुबुदु दासानायकेले । क्यानाडाबाट निरास हुँदै आएका उनको यो पहिलो यात्रा थियो । सन् २०११ मा भारतमा सम्पन्न विश्वकप क्रिकेट लगत्तै नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेको मेल पाएको सुनाउँछन् उनी । जुन व्यक्तिले आफुलाई  नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरे । 
 
विकल्प खोजेर भौतारिरहेका बेला पाण्डेको प्रस्तावप्रतिले आकर्षित भएको सुनाउँछन् पुबुदु । जुन बेला उनलाई नेपालको क्रिकेटबारे खासै थाहा थिएन । पाण्डेको मेल आएपछि सम्पर्क गरेका उनले पाण्डेबाटै नेपाली क्रिकेट टोलीका विशेषताबारे थाह पाए । पाण्डेको भनाइबाट आफुले यो टोलीलाई माथि लैजान सकिन्छ भन्ने महसुस गरिसकेको उनको भनाई छ ।
 
नेपाली टोलीले विशेष गरी उमेर समूहमा राम्रो गरेको र विगतमा टेस्ट खेल्ने राष्ट्रहरुलाई पनि पराजित सुइको पाए पछि नेपालमा प्रशिक्षण गर्ने निर्णय लिएको उनी सुनाउँछन् । उनको पहिलो करार ६ महिना मात्र थियो । त्यतिबेला उनको परिक्षाको रुपमा टोलीलाई एसीसी टी–२० प्रतियोगितामा प्रवेश गराउने निम्मेवारी थियो । उनी उक्त परिक्षामा सफल भए । टोली विश्व क्वालिफाइङ्गमा पुग्यो । त्यसपछि क्यानले एक वर्ष करार थपेको थियो । 
 
नेपाली टोलीको माया 
नेपाली टोली अहिले एसोसिएट्स समूहको अग्रणी टोलीमै पर्ने पुबुदुको भनाई छ । नेपाल भन्दा माथिल्लो श्रेणीमा टेस्ट तथा एक दिवसीय वरियताका टोलीहरु छन् । यसबाहेक अफगानिस्तान, आयरल्याण्ड लगायतका केही टोलीहरु अलिक बलियो रुपमा अघि आएका छन् । तर, सीप र कौशलको हिसाबले नेपाली टोली कमजोर छैन । अनुभवले मात्रै नेपाली टोली पछि छ । 
 
नेपालमा स्तरीय ब्याट्सम्यान र बलर छन् । फिल्डिङ चुस्त छ । यो टोलीलाई जति एक्सपोजर दियो त्यति राम्रो हुने उनको विश्वास छ । अनुभवि राष्ट्रहरुसंग खेल्ने अवसर मिलाउने प्रयत्न क्यानले गर्नुपर्दछ ।  जस्तै, भारत, पाकिस्तान, श्रीलंका जस्ता छिमेकी देशको घरेलु क्रिकेटमा नेपाली खेलाडीले प्रवेश पाउने व्यवस्था मिलाउनुपर्दछ । 
 
नेपालको ब्याटिङमा स्तरीय भएर पनि अलिकति पछाडि छ । जसको कारण नियमित प्रतिस्पर्धाको कमि अर्थात उपयुक्त खेल मैदान र खेलाडी व्यस्तता नै हो । नेपाल त्यति व्यस्त हुन सकेको छैन । दुई–तीन महिनामा एउटा प्रतियोगिता खेल्न पाइन्छ । त्यस बीचमा पनि खेलाडीहरु फुर्सदमा हुन्छन् । घरेलु प्रतियोगिताहरु शून्य छन् । त्यसैले ब्याट्सम्यानहरु आफ्नो लयबाट विचलित हुन्छन् ।
 
खेलाडीहरुलाई व्यस्त राख्न घरेलु प्रतियोगिता आवश्यक छन् । क्यानले खासै ध्यान दिन सकेको छैन । पुवुदु सुनाउँछन्–नेपाल आएर राष्ट्रिय टोलीलाई हेरिसकेपछि आफुले यो टोली डिभिजन ४ होइन, डिभिजन १ को हकदार छ र अहिलेकै अवस्थामा पनि विश्वकप खेल्न सक्षम छ भन्ने ठानिसकेका थिँए । बाहिरी वातावरण ठीक भयो भने यो टोलीलाई एक दिवसीय वरियता दिलाउन सक्छु । कारण बस यो लक्ष्यमा असफल भएँ । सो पराजयले नेपाली क्रिकेटलाई कम्तिमा चार वर्ष पछाडि धकेलेको छ । आफ्नो प्रशिक्षण कालको सबैभन्दा निराशाजनक क्षण भनेकै यही हो–पुबुदुले भने । उनको सबैभन्दा उत्साहजनक क्षण विश्वकप टि–२० मा नेपालको सहभागिता र प्रदर्शन नै हो । 
 
पारसको कप्तानीको बयान 
नेपाली क्रिकेटलाई सफलता दिलाउन कप्तान पारस खड्काको सबैभन्दा ठूलो भूमिका छ । हरेक प्रशिक्षकको सपना भनेकै पारसजस्तो कप्तान पाउनु हो । उनी क्याप्टेका रुपमा जति नेतृत्वदायी छन् । सबै प्लेयर उत्तिकै पूर्ण छन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै फिल्डमा उनले टोलीलाई प्रेरणा दिन सक्छन् ।
 
उनले पारसलाई एसोसिएट्स राष्ट्रहरुमध्येकै उत्कृष्ट कप्तान भनेका छन् । आफुले बयान गरेको भन्दा आइसीसीका अफिसियल र प्रशिक्षकहरुको विश्लेषणमा अझ बढी शक्ति र अर्थ रहेको उनले सुनाए । अझै धेरै वर्षसम्म नेपाली टोलीलाई पारस नेतृत्व आवश्यक छ । उनीसंग धेरै क्रिकेट बाँकी रहेको जिकिर गर्छन उनी । अहिलेसम्म कुनै खेलाडीमा पारसको जस्तो नेतृत्व क्षमता देखेको छैन ।
 
भविष्यका खेलाडीको कुरा गर्दा सागर पुनको नाम अर्थपूर्ण छ । उनी केही समयदेखि राष्ट्रिय टोलीमा छन् । भविष्यमा पारस, ज्ञानेन्द्र र सरदको स्थान कब्जा गर्न सक्छन् । पछिल्ला म्याचहरुमा तेस्रो नम्बरमा खेलाउनुको अर्थ पनि भविश्यका लागि तयार पार्नु नै हो । पछिल्ला केही म्याचमा उनले आफू विस्तारै लयमा आइरहेको संकेत देखाएका छन् । भविष्यका प्रशिक्षकले उनलाई कसरी उपयोग गर्छन् त्यो नै महत्वपूर्ण हो । 
 
टोलीमा पारस, ज्ञानेन्द्र र शरदको ब्याटिङ धेरै महत्वपूर्ण छ । उनीहरु जत्तिकै प्रतिभा भएका अरु ब्याट्सम्यानरु पनि छन् । तर, बढी अनुभवी भएकाले उनीहरुको प्रदर्शन धेरै उतारचढाब हुँदैन । नेपालको मुख्य हतियार भनेको स्पिन बलिङ हो । बसन्त रेग्मी र शक्ति गौचनको स्पिन जोडी एसोसिएट्स राष्ट्रकै उत्कृष्ट मानिन्छ । फास्ट बलिङतर्फ अनुभवको अलिकति कमि छ ।
 
यसअघिको वहिर्गमन र पुनरागमन
 
यसअघि लगभग नेपाल नफर्किने मनस्थितिमा क्यानाडातिर हानिएका थिए पुबुदु । त्यतिबेला क्यानले करार नविकरण नगरी ३ महिनाका लागि थमौती  गरेको थियो । उक्त अवधि सकिए पछि पनि करार नवीकरण गर्ने संकेत नआएपछि आफु क्यानाडा हानिएको उनी सुनाउँछन् । त्यतिबेला बढी पारिश्रमिक मागेकैले करार नवीकरण नभएको भन्ने झुटो प्रचार भयो । जसले दुःखी बनायो ।
 
नेपालमा प्रशिक्षण गर्दा कहिल्यै सेवा सुविधालाई विषय नबनाएको उनले बताए । क्यानडाले नेपालभन्दा दोब्बर तलबको अफर गरेको तर आफु नेपाली टोली छोडेर जान तयार नभएको पुबुदुको भनाई छ । क्यानसंग रकम वार्गेनिङ्ग गरेको कुनै परिवेश छैन । क्यानकै निर्णयानुसार जति दियो त्यतिनै स्वीकारेको सुनाए पुबुदुले । क्यानले थप्न नचाहेको करार सरकारी बलले नै नवीकरण भएपछि हाल सम्म  नेपाल बस्ने वाताबरण बन्यो । अब जाँदै छु । पारिवारिक भेटको प्रतिक्षामा छु । अबको सपना पुरा होला नहोला तर नेपाली टोलीको भविष्य निश्चित छ । एउटा सफल प्रशिक्षक पाउनेमा विशवस्त छु ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ