arrow

सुशील कोइराला र महन्थ ठाकुरबीच भेट, वर्तमान गत्यावरोध हटाउने समझ्दारी

logo
हाम्रा कुरा
प्रकाशित २०७२ मंसिर १२ शनिबार
काठमाडौं । अमेरिकाबाट उपचार गर फर्केका कांग्रेस सभापति सुशील कोइरालाले नेपाल आएको भोलिपल्ट शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गरेका छन् । 
 
कोइराला बस्दै आएको महाराजगन्जस्थित शशांक कोइराला निवासमा ठाकुर र कोइरालाबीच  छलफल भएको हो । एक घण्टे भेटका क्रममा पुराना सहपाठी ठाकुरसंग कोइरालाले वर्तमान राजनीतिक गत्यावरोध हटाउन छलफल गरे । 
 
विगत केही दिन यता सरकारी वार्ता टोली, तीन दल र मधेसी मोर्चाबीच कुनै सम्वाद भएको छैन । मधेसमा आन्दोलनरत मधेसी मोर्चामा आवद्ध नमलोपा नेता ठाकुरले भेटपछि मोर्चासंगको वार्तालाई तिब्रता दिनेमा समझदारी भएको सुनाए । 
 
छिट्टै औपचारिक वार्ता हुने जनाउँ दिएका ठाकुरले कहिले सम्म समस्या सुल्झाउने भन्ने बारे केही भनेनन् । कोइरालाले आन्दोलन रोकेर भए पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिएको भेटपछि ठाकुरले–भने । 
 
आन्दोलन र नाकाबन्दीको चर्को मारमा रहेको नेपाली समाज आक्रान्त भइरहेका बेला दलहरुले निर्णायक वार्ताको तिथि खोज्न सकिरहेका छैनन् ।  कांग्रेस सभापति कोइराला क्यान्सर उपचारका लागि एक महिनाअघि अमेरिका गएर बिहीबार मात्रै नेपाल कmर्केका थिए । ठाकुर समेत विरामी परेका छन् । उनको दाँतमा समस्या भएपछि केही दिनयता बाहिर देखिएका थिएनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ