arrow

दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी ठोक्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
uss submarine.jpg

काठमाडौँ । परमाणु क्षमताको अमेरिकी पनडुब्बी दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा  एक अज्ञात वस्तुसँग ठोक्किएको छ। 

अज्ञात वस्तुसँग पनडुब्बी ठोक्किँदा केही नौसेना घाइते भएका छन् । यद्यपि, घाइतेमध्ये कसैको अवस्था पनि गम्भीर नभएको अमेरिकी नौसेनाले जनाएको छ ।

यूएसएस कनेक्टिकट नामको परमाणु ऊर्जाबाट चल्ने  पनडुब्बी ठोक्किएको वस्तु के हो भन्ने अझैँ पत्ता लाग्न सकेको छैन ।

अहिले पनडुब्बीको अवस्था सुरक्षित र स्थिर रहेको बताइएको छ । घटनामा १५ भन्दा कम नाैसेना घाइते भएकाे बताइएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ