arrow

मोर्चाको आमसभा विथोलियो, अन्त्यमा कोण सभा, उपेन्द्र र राजेन्द्र भागे

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1536762772.jpeg
इटहरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले आजित बनेका सुनसरीका स्थानीयले इटहरीको आमसभा विथोलेका छन् । उनीहरुले मोर्चाका कुनै नेतालाई इटहरी प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन् । 
 
आक्रोशित स्थानीयले कार्यक्रम स्थलबाट झिकेको सद्भावना पार्टीको झन्डा जलाइदिएका छन् । मधेसी मोर्चाको कार्यक्रम बिथोल्न इटहरीका स्थानीयलाई उत्तरी मोङका बासिन्दालेसमेत साथ दिए ।  शुक्रबार इटहरीमा मोर्चा गर्ने भनेको आमसभाकै विषयलाई लिएर निकै बेर तनाव रहयो । इटहरीको पश्चिम लाइनमा मोर्चाले कार्यक्रम गर्न बनाएको मन्चमा समेत स्थानीयले पेट्रोल छर्किएर आगो लगाइदिए । 
 
मान्छेलाई जिउँदै जलाउने र राष्ट्रिय अस्मितामाथि धावा बोल्नेहरुलाई कार्यक्रम गर्न नदिने भन्दै स्थानीय युवाहरुले मधेसी मोर्चाको कार्यक्रम बिथोलेका हुन् । उनीहरुले मधेसी मोर्चाका नेता कार्यकर्तालाई इटहरीमा प्रवेश गर्नै नदिने चेतावनी समेत दिएका थिए ।
सभालाई सम्बोधन गर्न जाने भनेका संघीय समाजवादी फोरमका उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो इटहरी जान सकेनन् । सुनसरी उपेन्द्र यादवको आफ्नै गृह जिल्ला हो ।
 
प्रहरीको कडा सुरक्षा घेराबीच मधेसी मोर्चाका स्थानीय नेताहरुले कोणसभा गरेर कार्यक्रम टुंग्याए । औपचारिक कार्यक्रम गर्न पाएनन् । मोर्चाको आमसभा गर्ने मन्च तोडफोड र आगजनी भएपछि बाक्लो रुपमा सुरक्षाकर्मी खटिएका थिए । सुरक्षा घेरामा रहेका मोर्चा कार्यकर्ता भन्दा चार गुणा बढी संख्या स्थानीयको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ