arrow

भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
corona-india-keral.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ।  यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ४१ लाख ८ हजार ९९६ जना पुगेको छ।

मङ्गलवार भारतमा कोरोनाका थप सङ्क्रमितको सङ्ख्या १४ हजार ६२३ जनामा भएकोमा सात हजार ५४३ जना केरला राज्यका रहेका थिए । केरलामा मङ्गलवार कोरोना सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएको थियो।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने एक लाख ७८ हजार ९८ जना रहेका अधिकारीले जनाएका छन्। यो सङ्ख्या २२९ दिन यताको सबभन्दा कम भएको पनि जनाइएको छ। हाल सक्रिय सङ्क्रमित सङ्ख्या कूल सङ्क्रमितको ०.५२ प्रतिशत मात्र रहेको बुधवार प्राप्त समाचारमा जनाइएको छ।

मङ्गलवार १९ हजार ४४६ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कोरोनाभाइरसको महामारी सुरु भएयता हाल सङ्क्रमणमुक्त भएका कूल सङ्ख्या तीन करोड ३४ लाख ७८ हजार २४७ रहेका सो मन्त्रालयले बुधवार जनाएको छ। कोरोनाभाइरसको महामारी सुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८:१५ प्रतिशत भएको मन्त्रालयले बुधवार जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ४४ लाख २९ हजार भन्दा बढी  व्यक्तिको कोरोनाभाइरसको परीक्षण भएको छ। भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म ९९ करोड १२ लाख ८२ हजार २८३ डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ