arrow

नेपाल र ईरानबीच भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
u-23-nepal-football-20211.jpg
तस्बिर–ताजिकिस्तानको मैदानमा अभ्यासरत नेपाली टिम, एन्फा ।

काठमाडौं । नेपालले एएफसी यू–२३ एसिया कप छनोट फुटबलमा सोमबार ईरानसँग खेल्दैछ । बलियो प्रतिद्धन्द्धीविरुद्ध नेपालले खेलेरै यू–२३ एसिया कप छनोटको शुरुआत गर्न लागेको हो । 

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार ४ः४५ बजे शुरू हुनेछ । नेपालले सुखद शुरुआत गर्ने योजना बनाएको भए पनि विपक्षी फिफा वरियतामा निकै अगाडि छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छनोटमा राम्रो नतिजा निकाल्न तयार रहेको बताउँदै खेलाडीहरु तम्तयार रहेको प्रतिक्रिया दिएका छन् ।

उनले समूहमा नेपाल भन्दा तीन वटै विपक्षीहरु बलिया भएको प्रतिक्रिया प्रिम्याच कन्फ्रेन्समा दिए पनि आफूहरु राम्रो नतिजाकै लागि ताजिकिस्तान आएको बताएका छन् । 

ईरानसँग नेपालले दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ को यू–२३ एसिया कप छनोटमा ईरानसँग उसैको भूमिमा खेलेको थियो । उक्त खेल बिर्सन लायक थियो । नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो । 

छनोटको समूह बी  मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ तारिखमा खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसिया कप खेल्नेछ । यस्तै सबै समूहबाट दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि छनोट हुनेछन् । 



नयाँ