arrow

नेपाललाई १० गोलको भारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
u23-asian-cup-nepal212.jpg

काठमाडौं । ताजिकिस्तानमा भइरहेको एएफसी यू–२३ एसियन कप छनोट फुटबलमा नेपालले लगातार गोलको भारी बोकेको छ । नेपालले दोस्रो हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भयो । 

यसअघि पहिलो खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । नेपालले दुई खेलमै १० गोलको भारी बोकेको छ । नेपालले छनोटको अन्तिम खेलमा आइतबार लेबनानसँग खेल्नेछ । यो खेलमा भने नेपालले गोल गर्ने अपेक्षा गरिएको छ । 

नेपाल लगातार दोस्रो खेलमा पराजित भएसँगै छनोटको समूह चरणबाटै बाहिरिएको छ । 

यस्तो रह्यो नेपाल–ताजिकिस्तान बीचको खेल–
–नेपालले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ३ गोल खायो । 
–ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले १–१ गोल गरे ।
–२४ औं मिनेटमा शेर्भोनीले गोल गरे ।  
–३३ औं मिनेटमा सोलेहोभले गोल गरे । 
–४१ औं मिनेटमा रुस्तमले गोल गरे । 
–६३ औं मिनेटमा अजिजबोएभले गोल गरे । 
–६८ औं मिनेटमा हानोनोभले पेनाल्टीमा गोल गरे । 
–७२ औं मिनेटमा अखामादखोनले गोल गरे । 

अंक तालिका
समूह बी को खेलमा ताजिकिस्तान २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

इरान पनि समान २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । इरानले लेबनानलाई २–० गोल अन्तरले हरायो । 

लेबनान तेस्रो स्थामा रहेको छ । लेबनानले ३ गोल खाएको छ । गोल गरेको छैन । 

नेपालले १० गोल खाएको छ । गोल गरेको छैन । 

अब आइतबार हुने अन्तिम खेलमा लेबनान र नेपालले गोलको खाता खोल्ने अपेक्षा छ । 

आइतबारै इरान र ताजिकिस्तान खेल्नेछन् । यो खेलको विजेता सीधै यू–२३ एसियन कप खेल्न पाउने छ । उपविजेतामध्ये उत्कृष्ट ४ टिमले पनि एसियन कप खेल्न पाउने भएकाले यी दुईमध्ये आइतबार हार्ने टिमले पनि मौका पाउने अवसर छ । 
 



नयाँ