arrow

रजनीकान्त बिमार, अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
rajanikant.jpg

काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनीकान्त बिरामी भएका छन् । उनी अस्पतालमा भर्ना भएका छन् । उनलाईचेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको हो । 

उनको रुटिन चेकअपका लागि अस्पताल लगिएको उनकी पत्नी लताले बताएकी छिन् । उनी शुक्रबार साँझसम्म घर फर्किने लताले बताइन् । 

उनको होड बडी चेकअप हुनेछ । उनका फ्यानले छिट्टो निको हुनका लागि शुभकामना दिएका छन् । 

रजनीकानत रेगुलर चेकअपका लागि अमेरिकामा पनि जाने गर्छन् । गत जुन १८ तारिख उनी अमेरिका गएर तीन हप्ता बसेका थिए । 

सन् २०१६ मा उनको अमेरिकामा मृगौला प्रत्यारोपण गरिएको थियो । 

गत वर्ष डिसेम्बरमा उनको स्वास्थ्यमा खरावी आएसँगै ७० वर्षे रजनीकान्त राजनीतिबाट टाढा रहेका छन् । उनी गत वर्ष नै राजनीतिमा लाग्ने बताएका थिए । 

रजनीकान्तलाई तीन दिन पहिले दिल्लीमा दादासाहेब फाल्के अवार्ड मिलेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ