arrow

कारागारमा नाइके राज: जेलर भित्र पस्न पाउँदैनन्, ढोका बाटै कैदीको राशन बिक्रि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1980615453.jpeg
दीपेन्द्र चौहान, वीरगन्ज। वीरगन्ज कारागारमा रहेका कैदीहरुको लागि सरकारले उपलब्ध गराउने राशनको चामल कारागार प्रशासनका अधिकारी र नाइकेको मिलोमतोमा बिक्री भइरहेको रहस्य खुलेको छ । बिहान–बिहानै कैदीहरुको लागि किनिएर खाद्य संस्थाबाट ल्याएको सोना मसुलीको चामलको बोरा प्रशासन र नाइकेहरुले आफना नजदिकका मान्छेहरु मार्फत कारागारको मुख्यद्वारबाटै बजारमा बिक्रिका लागी पठाउने गरेक छन् ।
 
जेल प्रशासन र नाइके नजिकका ब्यक्तिहरुले साइकल र मोटरसाइकलमा लोड गरी २५ किलोको चामलको बोरालाई लैजाने गरेको सधै देखिने कारागार परिपरिका स्थानीय बताउँछन् । कारागारमा रहेका एक हजार ९१ कैदी बन्दीको लागि आउने राशनको चामल कैदीलाई थोरै दिने गरिन्छ । बाँकी रहेको राशन बिक्रि हुँदै आएको छ । सरकारले एउटा कैदीलाई बिहान बेलुका गरी दुई छाक खानाको लागि सात सय ग्राम चामल र तरकारी मसला खर्चको लागि दैनिक ४५ रुपैंया दिने गरेको छ । 
 
सरकारले कैदीहरुको लागि दिने राशनको चामल, तरकारी र मसाला खर्चको नगद लाई  जेलका नाइके शेख सफीक अहमदले कारागार भित्र मेष संचालन गरी कैदीहरुलाई तिनीहरुको हिस्साको चामल नदिने र आफ्नै मेशबाट खाना खुवाउने गरेको बताइएको छ । सरकारले चामलको साथै प्रत्यके दिन उपलब्ध गराउने एउटा कैदीलाई ४५ रुपैया समेत कैदीहरुले पाउन सकेका छैनन् । 
 
वीरगन्ज कारागार प्रमुख गणेश प्रसाद आचार्यले जेलबाट कुनै कैदीले बाहिर राशनको चामल लैजाने गरेको कुरा आफूलाई थाहा नभएको भन्दै बचाउ गरे । कारागारबाट दुई क्वीन्टल बढी राशनको चामल साइकल र मोटरसाइकलमा लोड गरि बाहिर लगेको दृश्य फोटोमा देखिन्छ । जेलका नाइके रहेका शेख सफी अहमदले जेल भित्र रहेका एक हजार ९१ जना कैदी बन्दीले दैनिक पाउने चामल मध्ये कम दिने र दैनिक एक सय ५० किलो देखि दुई सय किलो सम्म कारागारबाटै बिक्री गर्ने गरेका कुरा जेल भित्र रहेका कैदीहरुले बताए । 
 
कारागारलाई पहिला नेपाल प्रहरीले सुरक्षा दिने गरे पनि मधेस आन्दोलन शुरु भएपछि नेपाली सेनाले समेत अहिले सुरक्षा दिने गरेको छ । तर, कारागारको ढोका बाटै विक्रि हुने चामलको बोरा कसैले देख्दैनन् । कारागारले कार्तिक महिनाको लागि मात्रै खाद्य संस्थाबाट कैदीहरुलाई रासनको चामल वितरण गर्नको लागि चार हजार प्रतिक्विन्टलको दरले  एक सय ५० क्वीन्टल चामल खरिद गरी ल्याएको कारागार प्रशासन आफै बताइरहेको छ ।  
 
सुरक्षामा खटेका सेनाका जवानसंग कारागारबाट राशनको लागी ल्याएको चामल किन बाहिर लैजान दिनु हुन्छ भन्दा ती सुरक्षाकर्मीले चामलको बोरा रोक्दा जेलका अधिकारी र नाइकेले लैजान दिनुस भन्ने गरेकाले हामीहरुले लैजान दिने गरेको कुरा बताए । नाइके अहमदले जेलभित्रै किराना पसल, नास्ता, तरकारी पसल र चिया पसल लगायतका व्यवसाय गरी कैदीहरुलाई  मूल्य भन्दा तेब्बर महंगोमा समानहरु बेच्ने गरेको कैदीहरु बताउछन ।  
 
बाहिरबाट तरकारी लगायत अन्य बस्तु मगाउँदा नाइके र प्रशासनले बाहिरी बजारबाट खरिद गरिएका तरकारी लगायतका समानहरु जेलभित्र पस्न नदिने र नाइकेले आफै बजारबाट किनेका कारागारमा ल्याउने तरकारी, किराना समान, मासु लगायतका समानहरुमा मनोमानी रकम असुल्ने गरेको र सोको भागबन्डा दामासाही रुपले स्थानीय प्रशासन देखि कारागार विभागका महानिर्देशक सम्म पुग्ने गरेको गुनासो पीडित कैदीहरुको छ । 
 
कारागार प्रमुख आचार्यले कारागार भित्र हतपत्ती सुरक्षाकर्मी र प्रशासन नजाने गरेकोले भित्र के भइरहेको छ भन्ने आफूलाई थाहा नहुने लाचारी जवाफ दिए । जेलर स्वयं जेलभित्र जान नसक्ने स्थिति कस्ले सिर्जना गरेको हो भन्नेबारे अनुमान लगाउन सकेत सकिँदैन । जेलरले झुट बोलिरहेका छन् वा नाइके शेख सफी अहमद ठूलो शक्तिकै आडमा यी सब गरिरहेका छन्–यसबारे अनुसन्धान कस्ले गर्ने 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ