- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आइतबार लेबनानसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार ४ः४५ बजे शुरु हुनेछ । यो खेल दुवै टिमका लागि औपचारिकतामा सीमित हुँदैछ । दुवै टिम अंकविहीन हुँदै बाहिरिइसकेका अवस्थामा सान्त्वनासँगै प्रतिष्ठाका लागि जितले अर्थ राख्नेछ ।
दुवै टिम ताजिकिस्तान र इरानसँग पराजित भइसकेका छन् ।
समूह बी को छनोट चरणका क्रममा पहिलो खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।
१० गोलको भारी बोकेको नेपालले लेबनानलाई गोल गर्दै भारी कम गरेर फर्किन चाहन्छ ।
समूहको शीर्ष स्थानसँगै सबै समूहका उपविजेतामध्येका उत्कृष्ट ४ टिमले उज्वेकिस्तानमा हुने फाइनल चरण खेल्न पाउने छन् ।