- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका चार वटा ए डिभिजन क्लबले एसियाली फुटबल महासंघ एएफसीको क्लब लाइसेन्स पाएका छन् । यसअघि नै त्रिभुवन आर्मी क्लबको टिमले क्लब लाइसेन्स पाएकामा अहिले मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबले सो लाइसेन्स प्राप्त गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको फस्ट इन्सट्यान्ट बडीले चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो । अब यी क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
तर यी क्लबहरुले क्लब लाइसेन्सिङको मापदण्ड पूरा गर्नुपर्नेछ ।