arrow

नेपाली ब्याडमिन्टन टोली ढाका

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
995539303.jpeg
नेपाली ब्याडमिन्टन टोली ढाका 
काठमाडौं । बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज–२०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बंगलादेशको ढाका गएको छ । मंसिर १५ देखि १९ गते सम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष–महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभिन्न २४ राष्ट्र सहभागि हुने छन् । 
 
पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल छन् । महिलामा सरादेवी तामाङ, नङ्शलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् । ब्याडमिन्टन संघका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ टोली नेता तथा जयन्त श्रेष्ठ प्रशिक्षक छन् ।  व्यवस्थापकको जिम्मा लवभक्त श्रेष्ठले लिएका छन् । 
 
गत वर्ष भएको प्रतियोगिताको विभिन्न ३ स्पर्धामा क्वाटरफाइनल सम्मको यात्रा तय गर्नु नेपाली खेलाडीको हाल सम्मकै ठूलो उपलब्धी हो । पुरुष सिंगल्समा रत्नजित, पुरुष डबल्समा रत्न र विकासको जोडी तथा मिक्स डबल्समा रत्न र सराको जोडी क्वाटरफाइनलमा पुगेका थिए । टोलीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।
      
बंगलादेशको प्रतियोगितापछि खेलाडी रत्न र विकास टाटा इन्डिया ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ढाकाबाटै भारतको मुम्बइ जाने छन् । उनीहरुले सिंगल्स र डबल्समा भाग लिने छन् । च्याम्पियनसिप मंसिर २३ देखि २७ सम्म हुने छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ