arrow

राजीनामापछि प्रधानमन्त्रीले भने, ‘एउटा च्याप्टर सकियो’(अपडेट)

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
jajinama-oli.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा राजीनामाको घोषणा गर्दै एउटा च्याप्टर सकिएको बताएका छन् । 
 
संसदमा अविश्वास प्रस्तावमा उठेका सवालबारे जवाफ दिनु अघि राष्ट्रपति निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरेका प्रधानमन्त्री ओलीले सम्बोधनकै त्रममा राजीनामा दिएको घोषणा गरे । उनले भने, ‘सरकार निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद । नेपाली जनतालई सलाम ।’ सम्बोधन पछि प्रधानमन्त्रीले माओवादी अध्य पुष्प कमल दाहालसंग हात मिलाए ।  
 
प्रधानमन्त्री ओली गएको असोज २४ गते भएको निर्वाचनमा दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याई मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भए । 
 
सरकारमा तत्कालिन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल सहभागि भएका थिए । असार २८ गते माओवादी बाहिरिएसंगै अन्य दलले पालै पालो ओलीको साथ छोडेका छन् । ओलीसंग राजीनामा दिँदा सम्म राप्रपा नेपाल साथ रहयो । 
 
  • प्रचण्ड संग हात मिलाए ।  बैठक १५ मिनेटका लागि बैठक स्थगित  ।  प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा  19:27:51

  • मलाई सत्ता लम्याउन खोज्यो भनियो । कानुनका छिद्र पछ्याएर सत्ता लम्ब्याउनु छैन ।  19:11:49

  • अब आन्दोलन गर्नुको आवश्यकता छैन ।  19:09:12

  • बजेटसंग आश्रीत विधेयकलाई फेल गरेर ठूलो बहादुरी देखाउनु भा छ विचार गर्नुस् है ।  19:06:04

  • हामीले ल्याएको योजनाहरु के हुन्छन् । म सोध्न चाहन्छु ।  19:02:55

  • ओलीका लागि होइन भोलीका लागि भनेर सडकमा नारा लगाउने युवाहरुलाई सम्झिन चाहन्छु ।  19:01:32

  • लोकतन्त्रको महत्व मैले कथा सुनेको होइन । भोगेको हुँ । त्यसैले म चिन्तित छु । सर्वसत्तावाद स्वीकार्य छैन ।  19:01:15

  • के को इगो सेन्ट्रिक ? कयौं पटक बाँचेर यहाँ सम्म आएँ । प्रधानमन्त्री भए । मेरालागि पद ठूलो कुरा होइन । मैले प्रधानन्त्री हुने इच्छा राखेको थिएन । साथीहरुले भोट दिनु भयो प्रधानमन्त्री भए ।     19:00:01

  • अहिले साथीहरुले कुर्सि हेर्नु भएको होला । कुर्सिमा बसेपछि कता हेर्ने त्यो पनि हेरौंला ।  18:55:17

  • दुई चार महिना गफ हैन काम गर्नेका काम हरौं न । पहिला ।  18:54:21

  • प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राजीनामा दिइसकेका छन् । सम्बोधनको अन्तिममा राजीनामा दिएको घोषणा गर्ने छन् ।  18:33:37

  • मनमोहन अधिकारीको ९ महिने सरकारले गरेका सन्धिहरु पुनराब्लोकन गरेको छ । छिमेकी राष्ट्रसंघ व्यापार, पारवहन सम्झौता गरेको छ ।  18:31:08

  • मधेस केन्द्रीत दलले वार्तालाई उपेक्षा गरेकै हो ।  18:28:47

  • प्रधानमन्त्री ओलीले सोधे, ‘सरकारमाथि लगाएको आरोपको कुनै आधार छ ? ।’ 18:27:59

  • मैले धेरै भन्नु केही छैन । सरकार संचालन गर्ने संयन्त्रका संयोजक, अविश्वास प्रस्तावका प्रस्तावक ः सत्ता गठबन्धनको प्रमुख घटक दलका नेता, उल्टाउने महारथी –एउटै मान्छे हुन् ।  18:20:56

  • गान्धीले भनेका छन् । नैतिकता विनाको राजनीति । यस्तै कारणले राजनीति फोहोरी भो ।  18:17:52

  • आफ्नो दुनो सोझियो भने बुर्लुक्क अन्तै उफ्रिने । दोष अर्काकाका टाउकोमा हाल्ने । १४ बुँदे अनुसार नै सरकार चलाएका हौं । त्यत्रा भेटघाट के चिया खानै मात्र हुन्थे ।  18:14:33

  • मैले समर्थन फिर्ता लिएकै दिन भनेको थिए । साथीहरु शुभकामना छ । यो गठबन्धन अचम्म तरीकाले अघि बढ्न लागेकामा शुभकामना छ ।  18:12:18

  • मैले मेरा मित्रको मन, अरुणा लामाको गीत जस्तै धेरै पटक सिउने कोसीस गरे । तर, पटक–पटक फाट्यो । म रात साँझ सिउन कोसि गरिरहेकै थिए ।  होलीले हँसाए । हाँसोको फोहरा छुट्यो ।  18:08:57

  • कांग्रेसको सिद्धान्तै नयाँ प्रतिपादन भएको छ । उसलाई ठूला दलसंग सरकारमा जानै हुँदैन । नयाँ नियम छ उसको ।  18:04:57

  • कुरा एउटा भईरहेको थियो । अन्ततः छामामार शैलीमा झ्याप्पै ।  18:04:03

  • अविश्वास प्रस्ताव दर्ता हुनु अघिल्लो दिन दुई घण्टा लामो कुराकानी भएको थियो । कहाँ कमजोरी भयो छलफल गरौं भने । उहाँले माडालिटी तयार भइरहेको छ एक दुई दिनमा आउँछ भन्नु भो । अर्को दिन टेलिफोनबाट सहमति फिर्ता लिए भन्नु भो । मोडालिटी त्यस्तो रहेछ । नयाँ मोडालिटी ।   18:03:18

  • मैले गठबन्धन नतोड्न बारम्बार आग्रह गरे । भएन भनेर उच्चस्तरीय राजनीतिक समिति समेत बनाइएको थियो । त्यसले सरकारलाई निर्देशन गर्न सक्थ्यो । तर, अविश्वास प्रस्तावको प्रस्तावक सदस्यलाई नै त्यसबारे थाहा हुनु पर्ने हो ।  18:00:19

  • आपूर्ति सहज भएन । शान्ति सुरक्षा भएन भन्ने कुरा आयो । ती मन्त्रालय माओवादीकै हातमा थिए । किन भएन त ?  17:58:21

  • बजेट पछि सरकार परिवर्तन गर्ने कुरै भएको थिएन ।  17:56:19

  • अच्चानक सरकार परिवर्तको प्रस्ताव आयो । त्यो मेरा लागि अप्रत्यासित मात्रै थिएन अकल्पनिय थियो ।  17:55:51

  • नाका बन्दी थियो । तराईमा लोकतान्त्रिक संविधान जलिरहेको थियो । दंगामा ४५–४६ जनाको निधन भइसकेको थियो । अभाव थियो ।  छिमेकी संगको सम्बन्धमा दरार आएको थियो । 17:55:44

  • १४ बुँदे सहमतिमा सरकार परिवर्तनको चर्चा थिएन । अत्यन्त प्रतिकुल अवस्थामा मैले सरकारको नेतृत्व सम्हालेको थिँए ।  17:50:06

  • पूर्व सहमतिहरुको वेवास्ता गर्दै तोड्ने काम भो । कांग्रेस सहमतिबाट पछि हटेपछि । राष्ट्र भक्त वामपन्थीहरुको समीकरण बन्यो । सहकार्यको मुख्य कडी १४ बुँदे सहमति थियो ।  17:48:40

  • अविश्वासको प्रस्ताव प्रस्तुत हुँदै गर्दा हामी कहाँ नेर छौं भन्ने विर्सन खोजिएको हो की ?  17:46:36

  • हामीले संविधानले परिकल्पना गरेका थुप्रै काम गर्न बाँकी छ । कानुन निर्माण बाँकी छ ।  17:45:45

  • द्वापर युगको महाभारत कहानी सुनाउँदै ओलीले माओवादी अध्यक्ष दाहालप्रति कटाक्ष गरे । उनले भने, ‘महाभारतको विशेष परिस्थितिमा (चक्रव्यूह) भन्ने शब्द प्रयोग भएको थियो । त्यहाँ अभिमन्यू बलियो भन्ठान्थ्यो । उ कलिलो थियो ।  यो द्वापर युगको कुरा हो । तर यहाँ अहिले न द्वापर युग छ न अहिलेको अभिमन्यू कलिलो छ ।’   17:45:04

  • मोनमोहन अधिकारीको सरकारलाई बजेट सम्म पनि पेश गर्न दिइएन । यस्तै बर्खाको बेला थियो । हेलिकोप्टर दुर्घटनामा घाइते भई मृत्युसंग संघर्ष गरिरहेका अधिकारी संसदमा उपस्थित हुन सकेनन् । सरकार अपदस्त भो ।  17:41:54

  • प्रक्रियागत रुपमा सामान्य होला तर, परिवर्तित अवस्थाबारे आम नागरिकको विचार सामान्य हुन सक्दैन ।    धमिलो पानीमा माछा मार्नेहरु सल्बलाइरहेकै छन् ।  17:38:27

  • कपडा काट्नु पहिले नाप्नु पर्छ । ता कि कैंची चलाईसकेपछि पछुतो नहोस् ।  17:37:09

  • मेरा लागि अविश्वासको प्रस्ताव सामान्य र स्वभाविक कुरा हो ।  17:36:23

  • संविधान कार्यान्वयन र लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन महत्वपूर्ण हो ।  17:35:38

  • सरकारको जय र पराजय ठूलो कुरा होइन ।  17:34:50

  • प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै  17:34:19

  • ओली र देउवाले हात मिलाए ।  17:32:26

  • प्रधानमन्त्री जीले बाटो खोल्नु हुने छ । राजीनामा २ घण्टा पछि दिएपनि हुन्छ । आधा घण्टा पछि दिए पनि हुन्छ ।  17:32:09

  • यो प्रजातान्त्रिक अभ्यास रहेकाले सकार परिवर्तन सामान्य हो । राष्ट्रिय सहमति आवश्यक छ । तर, राष्ट्रिय सहमतिको सरकार नै चाहिन्छ भन्ने छैन । विपक्षी चाहिन्छ । मनपरी विरुद्ध प्रतिपक्षी नभई हुँदै हुँदैन ।  17:31:09

  • संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक छ । यस्तै, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन नभएसम्म संविधान कार्यान्वयन हुन सक्दैन ।  17:29:05

  • ओली ससकारले अघि बढाएका सबै सन्धि सम्झौताहरु कार्यान्वयन गर्ने छौं ।  17:27:39

  • अब बन्ने सरकारमा हाम्रो समर्थन रहनेछ । अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुबारे तदारुकताका साथ अघि बढाउने छौं ।  17:26:24

  • आर्थिक विधेयकहरु फेल भएको सन्दर्भमा देउवाले भने, ‘अविश्वास प्रस्ताव ल्याउनेले कहिल्यै आर्थिक विधेयकमा समर्थन जनाउँदैन । नेपालमा त्यो चलन छैन हेर्नुस् ।’ 17:26:12

  • स्थायी सरकार वा व्यूरोक्रेसीलाई हस्तक्षेप गर्नु हुँदैन । कर्मचारी तन्त्रलाई हामीले हस्तक्षेप मुक्त बनाउनु पर्छ । प्रहरी प्रशासनलाई काम गर्न दिनु पर्दछ । बजेट कार्यान्वयन गर्ने निकायलाई चुस्त राख्नु पर्दछ ।  17:23:32

  • नेपालमा राजनीति हस्तक्षेप छ । न्यायपालिका राजनीति मुक्त छैन । न्यायपालिका नै हस्तक्षेपमा परे जनताले न्याय पाउँदैनन्  । हरेक निकाय राजनीतिक हस्तक्षेप मुक्त हुनु पर्दछ ।  17:21:36

  • व्यवस्थामा शिष्टता हुनु पर्दछ । आफ्नो पार्टीका कार्यकर्ता पोस्ने काम गर्नु हुँदैन ।  17:21:23

  • हामी उहाँ सेन्ट्रल जेलमा हुँदा भेट्न जाँदा भेट्न दिइदैन थियो –मलाई राम्ररी सम्झना छ ।  17:18:53

  • प्रधानमन्त्री योग्य र त्यागि व्यक्ति हुन् । त्यसमा कुनै दुई मत र शंका छैन ।  17:18:11

  • कांग्रेस सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्तावमाथि धारणा राख्दै छन् ।  17:17:32

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ