arrow

अविश्वासको प्रस्ताव मेरालागि सामान्य र स्वभाविक: प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kp-uml.JPG.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव आफ्नालागि सामान्य र स्वभाविक रहेको बताएकाच छन् । 
 
आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्वास र अविश्वासको प्रस्ताव, लोकतान्त्रिक शासनको विशेषता नै रहेको भन्दै यसलाई गम्भीर रूपमा लिनु आवश्यक नरहेको स्पष्ट पारे । 
 
उनले माओबादी केन्द्र र मधेश केन्द्रीत दललाई संकेत गर्दै  संसदीय व्यवस्थालाई विश्वस नगर्ने पार्टीलाई समेत संसदीय व्यवस्थामा ल्याएको र संविधानप्रति असन्तुष्टि जनाउने तत्वलाई समेत संविधानसभामा ल्याउन सफल भएकोले पनि आफू सफल भईसकेको पनि उनले दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ