arrow

तपाई एक्सन चाल्नुस् कि म चाल्छु भनेकै हो: प्रंधानमन्त्री ओली

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kp-uml.JPG.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको समर्थन गरेका छन् । आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले प्रचण्डलाई कि तपाई एक्सन चाल्नूस् होइन भने मै चाल्छु भनेर भनेको स्वीकार गरेका हुन् । 
 
प्रचण्डले ओलीले यस्तो अभिव्यक्ति दिएपछि आफूले सरकार विरूद्ध अविश्वासको प्रस्ताव पेश गरेको बताएका थिए । ओलीले सरकार गठबन्धनमा बसेर नै आफ्नै विरूद्ध उछितो काडेकोले कि तपाई एक्सन चाल्नुस् होइन भने म आफैं चाल्छु भनेर भनेको स्पष्ट पारे । तर काँग्रेस सभापति देउवासँगै बसेर भने त्यस्तो नभनेको पनि स्पष्ट पारे । 
 
उनले सरकारलाई सुझाव दिन उच्चस्तरीय राजनीतिक समिति गठन गरेको भएपनि प्रचण्डले कुनैपनि सुझाव नदिएको आरोप पनि प्रधानमन्त्री ओलीले आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ