arrow

नवलपुरमा जनगणना : ४ सय ८५ गणक खटिए

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
census-2078_nepal.jpg

नवलपुर । नवलपुरमा राष्ट्रिय जनगणना २०७८ को दोस्रो चरणको गणना बिहीबारबाट देखि सुरु हुने भएको छ । १२ औँ राष्ट्रिय जनगणनाको दोस्रो तथा अन्तिम चरणको मूल गणना जिल्लामा कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुन लागेको हो । 

यसका लागि नवलपुरमा ४ सय ८५ गणक खटिनेको तथ्याङ्क कार्यालय नवलपुरका प्रमुख जितेन्द्र रानाभाटले जानकारी दिए । । उनीहरूलाई मूल गणनाका लागि आवश्यक तालिम प्रदान गरेर सामाग्री सहित फिल्डमा खटाइएको रानाभाटले जानकारी दिए । अहिले उनीहरूले सम्बन्धित वडा कार्यालयलाई गणनाको विषयमा जानकारी गराउने काम गरिरहेका छन् । 

स्थानीय जनगणना कार्यालयहरूले आफ्नो कार्यक्षेत्र भित्र खटिने गणकहरूको अनुगमन सुपरिवेक्षण गर्ने, जनगणनाको अन्तिम दिन मङ्सिर ९ गते घुमन्ते फिरन्ते, जोगी, महन्त तथा घर ठेगाना नभएका व्यक्तिको गणना गरिने छ । 

साथै केन्द्रीय तथ्याङ्क विभाग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा १५ देखि ४९ वर्षका विवाहित महिलाहरूको मृत्यु भएमा मातृ मृत्यु सूचित फारम गणकहरूले भर्नुपर्ने छ । 

स्वास्थ्य कार्यालय नवलपुरलाई एसएमएस मार्फत मातृ मृत्यु अध्ययन गरिने प्रमुख तथ्याङ्क अधिकृत रानाभाटले जानकारी दिए । यस पटक अक्सर बसोबास गर्ने संस्थागत, भाडामा बस्ने र विदेशी नागरिकको समेत गणना गरिन्छ । 

प्रथम चरण अन्तरगत सुपरिवेक्षकले गरेका सूचीकरण घर तथा घरपरिवारको फारम तथा नक्साका आधारमा गणकहरूको कार्य विभाजन तोकिएको उनले जानकारी दिए । यसअघि नवलपुरमा भदौ ३० देखि असोज २०गतेसम्म पहिलो चरणको घर तथा घरपरिवारको सूचीकरण गर्ने काम भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ