arrow

९ महिना अघि आइतबार ६४ किलोको माला लगाएका प्रधामन्त्रीबाट आइतबारै राजीनामा

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
oli-.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री ओली गएको असोज २४ गते भएको निर्वाचनमा दिवंगत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई हराउँदै प्रधानमन्त्री निर्वाचित भए । प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष ओली ३ सय ३८ मत ल्याई मुलुकको ३८औं प्रधानमन्त्रीका रुपमा  निर्वाचित भए ।
 
प्रधानमन्त्री ओलीको कार्यकाल ९ महिना १५ दिन रहयो । आइतबार संसदमा आफुविरुद्धको अविश्वास प्रस्तावबारे उठेका प्रश्नको जवाफ दिनु केही अघि मात्रै प्रधानमन्त्रीले राजीनामा दिए ।  
 
सरकारमा तत्कालिन एकिकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल लगायतका दल सहभागि भएका थिए । असार २८ गते माओवादी बाहिरिएसंगै अन्य दलले पालै पालो ओलीको साथ छोडे । सरकार अल्पमतमा परेपछि ओली राजीनामा दिन बाध्य भए । 
 
असोज २४ गते । ओली प्रधानमन्त्री निर्वाचित भएको दिन पनि आइतबार नै थियो । राजीनामा समेत आइतबार नै आयो । ९ महिने कार्यकाल ९ गते त्याग गर्नु यी सबै विषय संयोग बनेर आए । ओली राजीनामा घोषणा गर्दा निकै भावुक भए । मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित भएका ओली आफ्नो निवास बालकोट पुग्दा असोज २४ गते आइतबार साँझ भव्य स्वागत भयो । 
 
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकास्थित एमाले नगर कमिटीले बालकोट चोकदेखि धिमेबाजासहित नाचगान गर्दै निवाससम्म पुर्याएपछि ६४ किलोको माला लगाएर स्वागत गरेको थियो । निवासमा धर्म पत्नी राधिका शाक्यले माला लगाएर स्वागत गरिन् । त्यस बखत प्रधानमन्त्री निर्वाचित ओलीलाई ६४ वर्ष पुगेकैले ६४ किलोकै मालाले स्वागत गरिएको बताइयो । 
 
स्वागतका लागि स्थानीयबासी, एमाले नेता कार्यकर्ता विभिन्न सरकारी कार्यालयका उच्च अधिकारी, सुरक्षा निकायका उच्च अधिकारीको सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ