arrow

‘दुई राप्रपाको एकिकरण र सरकार चर्चा’

कमल थापा नै अध्यक्ष

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kamal-thapa-1.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री ओलीलाई अन्तिम समय सम्म साथ दिने बाचा गरेको सत्ता सहयात्री राप्रपा नेपाल सरकारमा जाने नजाने पनि टुंगो पार्टी एकिकरणपछि मात्रै टुंगो लाग्ने बताएको छ । 
 
प्रधानमन्त्रीको राजीनामा पछि राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले ट्वीट गर्दै , ‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना सँधै रहने छ । तपाइसंग काम गर्न पाएकोमा खुसी छु ।’ मलाई कुनै चिन्ता छैन–भने । 
 
यद्यपि, अब बन्ने सरकारमा जाने नजानेबारे राप्रपा नेपालले अझै निर्णय गरिनसकेको थापाको स्वकिय राजाराम बर्तौलाले जानकारी दिए । उनले भने, ‘हामीले अन्तिम समय सम्म साथ दिने भनेका थियौं । नैतिकताले पनि तत्काल सरकारको साथ छोड्न सकेनौं । सरकारमा जाने नजानेबारे पार्टी एकिकरण पछि थाहा हुन्छ ।
 
राप्रपा नेपालको केन्द्रीय सदस्य तथा सांसद सुशील कुमार श्रेष्ठले १३ वा १४ गते पार्टी एककरण हुने र त्यसपछि मात्रै सरकारमा जाने नजानेबारे टुंगो लाग्ने बताए । हाम्राकुरासंग उनले भने, ‘सोमबार दुवै राप्रपाको बैठक छ । कार्यदलले सैद्धान्तिक सहमति जुटाइ सकेको छ । औपचारिक निर्णय गर्न बाँकी छ  । राप्रपाको नेतृत्व परिवर्तनको कुरा भएकाले ढिलाई भएको छ ।’ सम्भवतः सोमबार यसको टुंगो लाग्छ होला । केन्द्रीय समिति बैठकको लामो पनि हुन सक्छ । १३ गते नै एकिकरण हुन्छ नभनौं ।
 
उनले थपे, ‘जे होस् १४ गते सम्म एकिकरण हुन्छ ।’ अनि राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ एकिकरण भएपछि के गर्नु हुन्छ ? जवाफमा उनले भने, ‘पहिले एकिकरण होस् । त्यसपछि सामूहिक रुपमा जाने नजाने निर्णय हुन्छ । अहिले त उसले आफ्नो निर्णय र हामीले आफ्नो निर्णय गर्न पायौं नी ! भोली एकिकरण पछि यो वा त्यो भन्ने हुँदैन । सामूहिक निर्णय हुन्छ ।’ उनले सरकारमा जाने जस्तो संकेत गरेपनि कुरा प्रष्ट गरेनन् । 
 
पार्टी अध्यक्ष को ? 
एकिकरण पछि पार्टीको अध्यक्ष कमल थापा नै हुने सहमति भइसकेको श्रेष्ठले बताए । यद्यपि, राप्रपाबाट आउने अध्यक्ष राष्ट्रिय अध्यक्ष हुने नयाँ व्यवस्था गरिएको समेत उनले सुनाए । उनले भने, ‘अन्तरिम विधानले राष्ट्रिय अध्यक्षको व्यवस्था गरेको छ । एकिकरण पछि बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने छ । कार्यदल अर्थात् मस्यौदा समितिले त्यो पनि पूरै तयार गरीसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ