arrow

म्यान्चेस्टर सिटी फेरि शीर्ष स्थानमा, लेस्टरको शीर्षता भङ्ग

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
865711318.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको शीर्षता भङ्ग भएको छ । शनिबार राति आफ्नै मैदानमा लेस्टर सिटी बराबरीमा रोकिएसंगै शीर्षता भङ्ग भएको हो । थोरै समय शीर्षता गुमाएको म्यान्चेस्टर सिटीले फेरि शीर्ष स्थान कब्जा गरेको छ । आफ्नै मैदानमा साउथ ह्याम्पटनलाई ३–१ ले हराउँदै म्यान्सिटी शीर्ष स्थानमा उक्लिएको हो । म्यान्सिटी र लेस्टर सिटीको अंक बराबरी भएपनि गोल अन्तरका आधारमा लेस्टर एक स्थान पछि परेको छ । 
 
१४ खेलबाट दुबैको २९–२९ अंक छ । प्रतिस्पर्धी म्यान्चेस्टर युनाइटेडसंग १–१ को बराबरीमा रोकिएसंगै लेस्टर सिटी गोल अन्तरले पछि परेको छ । खेलको १४ औं मिनेटमै जेमी भार्डीको गोलबाट लिएको अग्रता लामो समय टिकेन । पहिलो हाफ अघि नै म्यानयुका बस्तिआनले बराबरी गरे । पछि दुबै टोलीबाट गोल भएन । 
 
यस्तै, एएफसी बर्नमाउथ र एर्भटनले समेत ३–३ को बराबरी खेले । एस्टन भिल्ला वाट्फोर्डस.ग ३–२ को झिनो अन्तरले पराजित भयो । लिग सुधारको लयमा रहेको क्रिष्टल प्यालेसले न्यूकासल यूनाइटेडलाई ५–१ को फराकिलो अन्तरले हरायो । यस्तै, सण्डरल्याण्डले स्टोक सिटीलाई २–० ले पराजित गरेको छ ।
 
आइतबार संकटमा रहेको साविक विजेता चेल्सी र टोटनह्याम हट्सपर भिड्दै छन् । यी खेलसंगै लिगमा समान २९–२९ अंकका म्यान्चेस्टर सिटी र लेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । २८ अंकको म्यान्चेस्टर युनाइटेड तेस्रो तथा २६ अंक बटुलेको आर्सनल चौथो स्थानमा छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ