arrow

नेकपा माओवादीको बन्दले जनजीवन प्रभावित

logo
प्रकाशित २०७३ साउन १० सोमबार
sadak.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लब समूहको नेपाल बन्द आब्हानले जनजीवनमा आंशिक असर परेको छ । बन्दको असर सडकमा बढी देखिएको छ । सार्वजनिक सवारी साधन न्यूनमात्रामा चलेका छन् । वर्षा पनि भइरहँदा काठमाडौं उपत्यकामा बन्दको अझ बढी प्रभाव परेको छ । 
 
निजी सवारी साधन बढी चलेका छन् भने ट्याक्सीको मात्रा पनि देखिन्छ । 
 
कञ्चनपुरमा सुकुम्वासीमाथि सरकारले गरेको ज्यादतीको विरोध गर्दै विप्लब समूहले नेपाल बन्दको आब्हान गरेको हो । आजको बन्दमा नेपालभरकै सुकुम्वासी उत्रिएका छन् । 
 
तुलनात्मक रुपमा आज भने काठमाडौं उपत्यकामा बन्दकर्ताहरु खासै पक्राउ परेका छैनन् । 
 
माओवादीका एक नेताले भने – आज हाम्रो सकभर बचेर काम गर्ने नीति छ, पक्राउ परेर हामीलाई खासै फाइदा भएन । 
 
यता बन्दको असरले भने बिहानी सत्रका कलेज संचालन हुन सकेनन् । सडकमा भेटिएका विद्यार्थीले आक्रोश पोखेका छन् । ‘अनाबश्यक बन्द गरेर नेपाललाई कति तल खसाउन खोजिएको हो ?’ एक विद्यार्थीले आक्रोश हुँदै भनिन् । 
 
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक कर्मचारीले हिंडेरै कार्यालय पुग्ने क्रममा बन्द भनेर खवरै नगरी यसरी बन्द गरिंदा कति मर्का हुन्छ भनेर बुझ्नु पर्ने नि भन्दै प्रश्न गरे । उनले बन्दको विकल्प निकाल्न पनि सुझाव दिए । 
 
बन्दको असर अन्य जिल्लामा पनि परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ