arrow

मेसी मैदानमा देखिएपछि रियाल थर्कमान, नेमार र सुआरेजको सशक्त प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1543277242.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित हासिल गर्दै अग्रता बलियो बनाएको छ । टोलीले शनिबार राति रियाल सोसिडाड विरुद्ध ४–० को स्पष्ट जित हासिल गर्दा मुख्य फरवार्ड लियोनल मेसी दुई महिनापछि मैदानमा देखिए । चोटपछी फर्किएका उनले आफ्नो खातामा एक गोल थपेका छन् । टोलीको सफलतामा नेमार अझ बढी सशक्त देखिए ।
 
सोसिडाड विरुद्ध नेमारले दुई तथा लुइस सुआरेज र मेसीले एक–एक गोल गरे । यी तीन हस्ती सामु सोसिडाड निकै दबाबमा रहयो । आक्रामक बनेका सोसिडाडका पाँच खेलाडीले पहेलो कार्ड पाए । नेमारले ला लिगामा आफ्नो १४ गोल पूरा गर्दै सशक्त प्रदर्शनलाई जारी राखे । यसअघि, मेसी खेल बाहिरै रहँदा समेत नेमार र सुआरेजको जोडी निकै क्रियासिल रहयो । 
 
लिगमा शनिबार राति एथ्लेटिको मड्रिडले स्पानियोललाई १–० ले हरायो । डेपोर्टीभो लाकोरुनाले लस पल्मसलाई २–० तथा सेल्टा भिगोले स्पोर्टिङ्ग गिजोनलाई २–१ ले हरायो । मालागा र ग्रानाडाले भने २–२ को बराबरी खेले । यी खेलसंगै लिगमा १३ खेलबाट ३३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । २९ अंकको एथ्लेटिको मड्रिड दोस्रो तथा १२ खेलबाट २४ अंक बटुलेको रियाल मड्रिड तेस्रो स्थानमा छ । १३ खेलबाट २४ अंक बटुृलेको सेल्टा भिगो चौथो स्थानमा छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ