arrow

बाबुराम भट्टराईले लालध्वजलाई छाडे !

logo
प्रकाशित २०७३ साउन १० सोमबार
Baburam_Twitter_handle.jpg.jpeg
काठमाडौं। नेपालका भुतपुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले आफ्नो ट्विटर ह्याण्डल परिवर्तन गरेका छन्। भट्टराईले नयाँ ह्याण्डल @brb1954 राखेका छन्। पहिलो उनको ह्याण्डल @brb_laaldhwoj रहेको थियो। 
 
नेपालको माओवादी द्वन्दका प्रमुख योजनाकार एवं संचालक भट्टराईले भुमिगत राजनीतिमा आफ्नो छद्म नाम 'लालधवज' राखेका थिए। नायँ शक्ति पार्टी स्थापना पछि उनले आफ्नो कम्युनिष्ट नाम छाडेका छन्। 
 
भुमिगत गुरिल्ला यु्द्ध गरेर देशको प्रधानमन्त्रीसम्म बनेका भट्टराईले सविधान घोषणा पछि माओवादी पार्टी छाडेका थिए र साथै सांसद पदबाट पनि राजिनामा दिएका थिए। 
 
राजनीति गर्ने  नेपाली ट्विटर प्रयोगकर्ताहरुमा सबैभन्दा बढि ४ लाख ७३ हजार  फलोअर्स रहेका भट्टराई चर्चित प्रयोगकर्ता हुन्। 
 
भट्टराईले 'लालाध्वज' छाड्नुमा आफ्नो छवी सुधार्ने एवं कम्युनिष्ट छाप मेट्ने प्रयासको रुपमा हेरिएको छ। उनले 'लालध्वज' छाड्दा माओवादीसँग जोडिएको अन्तिम साईनो  पनि मासिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ