arrow

अपाङ्ग सेवा संघमा ११ वर्ष पछि नयाँ नेतृत्व

logo
प्रकाश बम,
प्रकाशित २०७३ साउन १० सोमबार
bharti-ra-bogati.jpg.jpeg
 डोटी । अपाङ्ग सेवा संघ डोटीमा ११ वर्ष पछि नयाँ नेतृत्व चयन भएको छ । २०६२ फागुन २ गते स्थापना भएको अपाङ्ग सेवा संघ डोटीले नयाँ नेतृत्व पाउन झण्डै ११ वर्ष कुर्नु परेको हो । नयाँ अध्यक्षमा रोशन बोगटी सर्वसम्मत चयन भएका छन् ।
 
सिलगढीमा भएको चौथो जिल्ला अधिवेशन तथा आठौं साधारण सभाले ३ वर्षे कार्यकालका लागि निर्वतमान सचिव बोगटीलाई नयाँ अध्यक्ष चुनेको हो । कार्यसमितिको उपाध्यक्षमा गौरीलाल पार्की, सचिवमा प्रकाश बलायर, सह–सचिवमा नवराज जोशी र कोषाध्यक्षमा शारदा बिष्ट चयन भएका छन् ।
 
त्यस्तै सदस्यमा निवर्तमान अध्यक्ष महादेव भारती, निवर्तमान उपाध्यक्ष टेकबहादुर बोगटी, शोभा श्रेष्ठ, जुन रायमाझी, श्रवण गिरी र राजु बलायर रहेका छन् ।
 
अपाङ्ग सेवा संघ डोटीमा संस्थाको स्थापना काल देखि नेतृत्व महादेव भारतीले सम्हाल्दै आएका थिए । साधारणसभाबाट आगामी रणनीति समेत तय गरेको सस्थाकी कार्यक्रम संयोजक सीता रायमाझीले बताइन् । डोटीमा ७ हजार तीन सय दुई जना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क अपाङ्ग सेवा संघ डोटीले सार्वजनिक गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ