arrow

उत्तरी भारतमा रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु, बाह्र जना घाइते

logo
प्रकाशित २०७३ साउन १० सोमबार
Rail.jpg.jpeg
नयाँ दिल्ली (भारत) । भारतको उत्तर प्रदेशमा सोमबार रेलले एक विद्यालयको भ्यानलाई ठक्कँर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको उत्तर प्रदेशका एक उच्च प्रहरी अधिकारीले बताएका छन् । 
 
बादोही जिल्लाको महेन्दीपुर क्षेत्रमा एउटा निजी विद्यालयका विद्यार्थी लिएर विद्यालय तर्फ गइरहेको भ्यानलाई बिहान करिब ८ बजेको समयमा ठक्कर दिंदा घाइते बनेका सात विद्यार्थीको अस्पताल पुग्नु अगावै मृत्यु भएको थियो । घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेका प्रहरीले बताएको छ । 
 
दुर्घटनाको अनुसन्धानकका लागि छानबिन समिति बनाइएकोले दुर्घटनामा भ्यान चालकको गल्ती भएको वा रेल कर्मचारीको गल्ती भएको भन्ने बारे छिट्टै टुङ््गो लाग्ने भारतीय रेलमार्ग अधिकारीले बताएका छन् । 
घटनापछि उक्त क्षेत्रमा केही समय रेलसेवा अवरुद्ध गरिए पनि अहिले सञ्चालनमा आइसकेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ