arrow

शहीद स्मारक ‘ए’ डिभिजन लिग शुरु, उद्घाटन फ्रेन्ड्स र सातदोबाटोबीच

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
satdobato-friends-a-divisio.jpg

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज (शुक्रबार) बाट शुरु हुँदैछ । पहिलो पटक लिगका खेलहरु फ्लड लाइटमा हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । 

खेल ४ः४५ बजे शुरु हुनेछ । सातदोबाटो पहिलो पटक ए डिभिजन खेल्न लागेको हो । सातदोबाटो ‘बी’ लिगको उपाधि जित्दै ए डिभिजनमा बढुवा भएको हो । 

फ्रेन्ड्सले लामो समयदेखि ए डिभिजन खेल्दै आइरहेको छ । 

बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा उपस्थित टिमका प्रशिक्षक तथा कप्तानले आफूहरुले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । 

सातदोबाटोको प्रशिक्षण मेघराज केसीले सम्हालेका छन् भने फ्रेन्ड्सको प्रशिक्षण मृगेन्द्र मिश्रले सम्हालेका छन् । 

१४ क्लबबीच हुने लिगमा कुल ९१ खेल हुनेछन् । यसपालि पुछारकादुई टिम रेलिगेशनमा पर्नेछन् । लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रो हुने क्लबले २५ लाख रुपैयाँ पाउने छ ।

लिगका खेलहरु दशरथ रंगशालासँगै सातदोबाटोस्थित एन्फा कम्प्लेक्स तथा च्यासल मैदानमासमेत खेलाइने छ । साथै पोखरा मैदानमा पनि केही खेल खेलाउने योजना बनिरहेको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । 

हप्तामा चार खेलमात्र खेलाइने छ । लिग फागुनसम्म चल्नेछ । मछिन्द्र क्लब डिफेन्डिङ च्याम्पियन हो । 



नयाँ