arrow

यो कस्तो विपद्, एक बालिकासहित तीनजनाको मृत्यु

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
राजविराज । सप्तरीका छुट्टाछुट्टै घटनामा परी सोमबार एक बालिकासहित तीनजनाको ज्यान गएको छ । खेतमा हलो जोत्नेक्रममा बेहोस भएर दुईजना कृषकको मृत्यु भएको छ । 
 
जिल्लाको सिसुवाबेल्ही गाविस–४ मा स्थानीय ३८ वर्षीय चतुरनारायण मण्डल आफ्नै खेतमा हलो जोतिरहेको अवस्थामा अचानक बेहोस भई लडेर मृत्यु भएको उनका परिवारजनले जनाएका छन् । 
 
यस्तै, मधुपट्टी गाविस–९ मा पनि खेतमा हलो जोतिरहेका ६० वर्षीय कृषक सकुन्तलाल चौधरीकोे बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
 
आफ्नै खेतमा हलो जोत्दाजोत्दै अचानक लडेर बेहोस भएका उनीहरु दुवैजनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याउने क्रममा बीचबाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ । 
 
त्यस्तै, सप्तरीकै मधुपट्टी गाविस–९ मा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् । मृत्यु हुनेमा सोही ठाउँका सिबु साहकी १६ वर्षीया छोरी अन्जना साह रहेको प्रहरीले जनाएको छ । 
 
अन्जनाले सोमबार आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ