arrow

गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु, पूर्ण विवरण आउन कठिन

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
gulmi.jpg.jpeg
तम्घास । गुल्मीमा बाढी र पहिरोले कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्गमका गाविसमा गएको बाढी र पहिरोको यकिन तथ्यांक आउन कठिन भएको पनि बताइएको छ । 
 
गुल्मीको हस्तीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
 
यता, गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल रानाका ९ वर्षे छोरा र ७ वर्षे छोरी हुन् । 
 
त्यस्तै अबिरल बर्षासँगै बडीघाट खोलामा आएको बाढीले गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा कटान शुरु गरेपछि खोला आसपासका वासिन्दा विस्तापित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ