arrow

जापानमा चक्कु प्रहारबाट १९ को मृत्यु, घाइते २५ मध्ये २० गम्भीर

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
japan.jpg.jpeg
टोकियो। जापानको एक मानसिक असहाय केन्द्रमा भएको अन्धाधुन्ध चक्कु प्रहारमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । बिहानै २.३० बजे भएको घटनामा २५ जना घाइते भएका छन् । जसमध्ये २० को अवस्था गम्भीर छ ।
 
बीबीसीका अनुसार राजधानी टोकियोको नजिकको सागामिहारा सहरमा रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको हो ।
 
२६ वर्षे सातोसी एमासुले अन्धाधुन्ध प्रहार गरी तिनीहरुको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनी असहाय केन्द्रका पूर्व कर्मचारी समेत हुन्  ।
 
असक्त मानिस नदेखिउन् भन्ने चाहना राखेर सो आक्रमण गरेकोसमेत आरोपीले बताएका छन् । 
 
यो घटनालाई दोस्रो विश्वयुद्धपछिकै ठूलो विभत्स घटनाका रुपमा ब्याख्या गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ