arrow

नेपालमा जो प्रधानमन्त्री भएपनि हामीलाई फरक पर्दैन : चीन

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
china.jpg.jpeg
काठमाडौं। कुनैपनि मुलुकमा सरकार परिवर्तन भएपनि सबैभन्दा बढी चासो भनेको छिमेकीहरूको लागि हुनु पर्ने हो। ननेपालमा पनि साउन नौ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग गरेको घोषणा गरे पछि दक्षिणी छिमेकी मुलुक भारतले यस विषयमा नजिकबाट नियालेर खुल्लामखुल्ला यावत किसिमका प्रतिक्रिया पनि दिईसकेको छ। तर, अहिलेसम्म मौन बसेको चीनले भने नेपालमा जो सु्कै प्रधानमन्त्री बनेर आएपनि आफूलाई समस्या नहुने बताएको छ। 
 
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लू क्याङ्ले नेपालमा जो सुकै प्रधानमन्त्री भएपनि चीनको नेपाल नीतिमा कुनैपनि परिवर्तन नहुने पनि स्पष पारेका छन् । उनले भने ‘नेपालका राजनीतिक दलहरू सबैले राष्ट्रिय स्वार्थको लागि लागिरहन्छन् । यसमा हामीले व्यक्ति परिवर्तन हुँदैमा राज्यको नीति परिवर्तन गर्न आवश्यक छैन । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कालमा भारतसँग मात्रै आश्रित रहेका कतिपय बस्तुमा चीनसँग पनि पारबाहन सम्झौता गरेपछि नेपालको सम्बन्ध भारतसँग भन्दा चीनसँग नजिकिएको विश्लेषण समेत गर्ने गरिएको थियो । तर केप ीओली नेतृत्वको सरकार ढलेपछि पनि चीनले दिएको यस्तो प्रतिक्रियाले चीन नेपालको जो सुकै प्रधानमन्त्रीसँग पनि समान व्यवहार गर्न तयार रहेको छ भन्ने स्पष्ट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ