- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेरुत । सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरूले जनाएका छन् ।
यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ । यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरूमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ ।
कुर्द प्रशासनको अधीनमा रहेको अरब बाहुल्य शहर मिनबेजमा नागरिकहरू बोकेको एउटा गाडी प्रवेशद्वारमा आतङ्ककारी विस्फोट भएको बताइएको छ । बेलायतस्थित सिरिया अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले उक्त विस्फोट कार बम भएको जनाइएको छ।
क्षेत्रीय प्रशासनको मुख्य लडाकु बल कुर्दिश नेतृत्वको सिरिया डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट्स जिहादी समूह विरुद्धको लडाइँको नेतृत्व गरेको थियो । यस बलले युद्धग्रस्त सिरियाको पूर्वी र उत्तर पूर्वी क्षेत्रको विशाल क्षेत्रलाई नियन्त्रण गरेको छ ।