arrow

चन्द समूहको करामत : यसरी दन्कीयो बिहानै ट्रक

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
335257011.jpeg
रौतहट । बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले रौतहटमा एउटा ट्रकमा आगजनी गरेका छन् । सुनसरीको चतरा बाट बाँस लोड गरी काठमाडौैं जादै गरेको ना २ ख ९७६४ नम्बरको ट्रकमा बिहानै पूर्वपश्चिम राजमार्गको चन्द्रपुर नगरपालिकाको पौराही जङ्गलक्षेत्रमा आगजनी भएको हो । 
 
आगजनी बाट ट्रक पुरै जलेको छ । चन्द्रनिगाहपुर भन्दा ३ किलोमिटर पूर्वको जङ्गलक्षेत्रमा शौच गर्न ट्रक रोकेको बेला चार जनाको समूहमा आएका चन्द समूहका कार्यकर्ताले ट्रकमा आगजनी गरेका हुन । ट्रक चालक बलराम गौतमका अनुसार एकैपल्ट ट्रकमा पेट्रोल खन्याएर उनीहरुले आगजनी गरेर जङ्गलतर्फ भागेको बताए ।
ट्रकमा भएको आगजनी घटनाको जिम्मेवारी हाल सम्म कसैले लिएका छैनन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक मनोज कुमार यादवले आगजनी घटनाको बिषयमा अनुसन्धान गरी दोषीलाई पक्राउ गर्ने बताए । सौजन्य, तस्वीर : संजय कार्की
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ