arrow

हिलारी क्लिन्टन अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवार

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
hilary.jpg.jpeg
फिलाडेल्फिया। अमेरिकाको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीबाट उम्मेदवार घोषित भएकी छिन् । उनी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्ने पहिलो महिलासमेत भएकी छिन् । 
 
उनी निर्वाचित भएमा अमेरिकाको इतिहासमा प्रथम महिला राष्ट्रपति हुनेछिन् । पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी सिनेटर र विदेश मन्त्री रहिसकेकी छन् । 
 
अहिलेको निर्वाचनमा हिलारीले उदार पक्षको र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अनुदार पक्षको प्रतिनिधित्व गर्ने रुपमा लिइएको छ । 
George delegates, including Congressman and civil rights hero John Lewis, cast their votes during roll call. Lewis spoke on Clinton's behalf before the vote and when his home state cast had its turn
 
क्लिन्टनको ट्रम्पसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । ट्रम्पले यसअघिदेखि नै क्लिन्टनलाई गालीगलौज गर्न थालिसकेका छन् । 
 
यता, हिलारी क्लिन्टनलाई मनोनयन गर्नका लागि फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशन जारी रहेको छ ।
 
सो अधिवेशनमा उनको पार्टीका प्रतिस्पर्धी बर्नी स्यान्डर्स समर्थक कार्यकर्ताले कार्यक्रम अवरुद्ध गर्न खोजेका थिए । 
Bernie Sanders made a surprise appearance on the floor and moved to have Clinton named the nominee by acclimation after she had more than enough votes to win
 
स्यान्डर्सले भने आफूभन्दा धेरै मतले अगाडि रहेकाले क्लिन्टन नै उम्मेदवार बन्नुपर्ने भन्दै उनकै पक्षमा भाषण गरेका थिए ।
His delegates, on the hand, were not so moved to accept the result of the vote. A group of them walked out in protest after Clinton officially won the nomination
उनले अबको राष्ट्रपति क्लिन्टन नै हुने विश्वाससमेत व्यक्त गरेका छन् । क्लिन्टनले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको छ । 
 
डेलिगेट्स्मध्ये अधिकांश महिला निकै उत्साही छन् । उनीहरुले अमेरिकामा महिला युग सुरु भएको प्रतिक्रियासमेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ