arrow

एमाले महाधिवेशन ‘पञ्चर्‍याली’हो त्यसैले मुलुकमा अझै प्रतिगमनको खतरा छः प्रचण्ड

‘महाअभियोग प्रस्ताव ल्याउने अवस्था छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
prachanda-press-center.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन प्रतिक्रान्तिलाई बलियो बनाउन आयोजना गरिएको भए पनि त्यो प्रयास असफल भएको बताएका छन् ।

शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्‍यालीसँग पनि तुलना गरे ।

‘अस्तिको कुम्भमेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ, त्यो पार्टी मण्डलेहरुको मोर्चामा पतन भएको छ ,’ उनले भने, ‘पञ्चर्‍याली जस्तो पैसाको बलमा धाक धम्की दिएर गरिएको कुम्भ मेलाको कुनै अर्थ छैन, यसैगरी लाखौंलाख मान्छे उतारेको पन्चायत एक वर्षमै ढलेको हामीले बिर्सन हुँदैन’, उनले भने ।

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको बताए ।  प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको बताए । अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले सहमतिबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताए ।

उनले यही मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको प्रस्ट्याए । राष्ट्रिय सहमति र दलहरुबिचको समझदारी नभई प्रधानन्यायाधीशविरुद्ध अघि बढ्न नसकिने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ